काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आज भेटवार्ता गरेका छन् ।
सिंहदरवारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा मन्त्रीले अध्यक्षसँग भेट गरेको उनको सचिवालयले जनाएको छ । भेटका क्रममा राष्ट्रिय सभाको सभाकक्ष निर्माण, निर्वाचन, सरकार र संसदबीचको समन्वय, सहकार्यलगायत समसामयिक विषयमा कुराकानी भएको थियो ।







