२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुरे क्षेत्रको अवैध उत्खनन रोक्न अनुगमन

अ+ अ-

सिरहा । सिरहाको धनगढीमाई, गोल बजार र मिर्चैया नगरपालिकामा पर्ने चुरे क्षेत्र मूल भएर बग्ने गागन, कशाहा, बाखेट र घुर्मी खोलामा अवैध रूपमा भइरहेको ढुंगा, गिट्टी र बालुवाको उत्खनन रोक्न जिल्ला प्रशासन कार्यालयको टोलीले आज स्थलगत अनुगमन गरेको छ ।

चुरेबाट नदीजन्य पदार्थको तोकिएको सीमाभन्दा बढी उत्खनन तथा अनियमित गतिविधिबारे लगातार गुनासो आएपछि अनुगमन टोली परिचालन गरिएको हो ।

अनुगमनपछि सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालले अवैध उत्खननले वातावरणीय तथा भौतिक जोखिम बढाउने भएकाले कानुनी प्रक्रियाअनुसार मात्र उत्खनन गराइने बताए । उनले गलत कार्यलाई कडाइका साथ नियन्त्रण गर्ने उद्देश्यले अनुगमन गरिएको उल्लेख गरे । 

 उनले भने, “बारम्बार गुनासो आउन थालेपछि वास्तविक अवस्था के छ भनेर बुझ्न हामीले अनुगमन गरेका हौँ । यस क्रममा जथाभाबी खोला उत्खनन गरेको, निजी जग्गासम्म खोस्री मापदण्डविपरीत ढुंगा, गिट्टी, बालुवा निकालिएको पाइएको छ । कतिपय स्थानमा करिब २० फिट गहिरोसम्म खाल्डा पारिएकाले ती क्षेत्रहरू जोखिमपूर्ण बनेका छन् ।”

सहायक प्रमुख जिल्ला अधिकारी बरालले अवैध उत्खननलाई तत्काल रोक्न निर्देशन दिँदै भने, “देखिएका कमजोरीबारे ठेकेदारलाई सचेत गराएका छौँ । अबदेखि मापदण्डअनुसार कानुनले तोकेको प्रक्रिया पालन गर्नुपर्छ । अवैध उत्खनन कानुन विपरीत हुनुका साथै यसले वातावरणीय जोखिम पनि निम्त्याइरहेको हुन्छ, यसलाई रोक्न जरुरी छ ।”

अनुगमनका क्रममा गोल बजार-१ मुक्सार बल डाँडाका स्थानीयले घरनजिकै ठेकेदारले गिट्टी, बालुवा उत्खनन गरी ठूलाठूला खाल्डा पारेकाले जोखिम बढेको गुनासो गरे । धनगढीमाई-८ स्थित परोपकार गिट्टी–बालुवा उद्योग तथा पुष्पदीप क्रसर उद्योगलाई दुई दिनभित्र आवश्यक कागजातसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको बरालले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी बरालको नेतृत्वमा भएको अनुगमन टोलीमा इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि खनाल, आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कर अधिकृत भीम काफ्ले, सिँचाइ विकास डिभिजन कार्यालय सिरहाका प्रमुख हस्मत अन्सारी, गोल बजार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र महतो, इञ्जिनियर जयगणेश सिंह, जिल्ला समन्वय समितिका प्रतिनिधि तथा सुरक्षाकर्मीको सहभागिता थियो ।

यसअघि सोही टोलीले लहान नगरपालिकामा पर्ने खुट्टीखोला क्षेत्रको पनि अनुगमन गरिसकेको छ । इलाका प्रशासन कार्यालयका प्रमुख खनालले जिल्लाका विभिन्न नदी तथा खोलामा हुने अवैध उत्खनन रोक्न नियमित अनुगमन जारी रहेको बताए ।