२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नै ठाउँमा व्यावसायिक बन्न मुढा बनाउने सीप सिक्दै दिक्तेलका महिला

अ+ अ-

खोटाङ । बेरोजगार रहेका स्थानीय महिलालाई लक्षित गरी दिक्तेल बजारमा मुढा बनाउने सीप विकास तालिम सुरु गरिएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको कालिका वडास्तरीय महिला समूहको आयोजना तथा टेवा संस्था नेपालको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो । 

स्थानीय देविस्थान एकता समाज दिक्तेलको सभाहलमा सञ्चालन भइरहेको तालिममा सहभागी महिलाले मुढा उत्पादनका आधारभूतदेखि व्यवहारिक सीप सिकिरहेका छन् । तालिमले बेरोजगार रहेका महिलालाई आत्मनिर्भर बनाउनका साथै घरायसी आम्दानी बढाउन सहयोग गर्ने अपेक्षा गरिएको महिला समूहकी अध्यक्ष लोकमाया थापा ‘गीता’ले जानकारी दिइन् । 

तालिममा सहभागी महिलालाई घर तथा कार्यालयमा प्रयोग हुने मुढा विभिन्न प्रकार तथा गुणस्तरीय तरिकाले उत्पादन गर्ने विधि सिकाइने जनाइएको छ । फुसर्दिला महिलाका लागि स्थानीयस्तरमै रोजगारी सृजना गर्ने उद्देश्यसहित सुरु गरिएको यो तालिमले महिलाको सीप अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ । 

तालिममा कालिका वडास्तरीय महिला समूहमा आबद्ध ११ जना महिला तथा स्थानीय एक महिला र एक पुरुषगरी १३ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । दश दिनसम्म सञ्चालन हुने तालिमको सहजीकरण सिटिइभिटिइबाट मान्यताप्राप्त प्रशिक्षक भलकाजी विश्वकर्माले गरिरहेका छन् । 

तालिममा सहभागी महिलाले बाँसको कप्टेरा, नाइनल(प्लाष्टिक)को डोरी र साइकलको टायर प्रयोग गरेर विभिन्न प्रकारका मुढा निर्माण गरिरहेका छन् । बेरोजगार अवस्थामा दिन बिताउँदै आएका स्थानीय महिलाहरू आफ्नै गाउँमा सञ्चालित व्यावसायिक तालिममा सहभागी हुन पाएपछि उत्साहित भएका छन् । 

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा उक्त सामग्री प्रयोग गरेर निर्माण गरिएको एउटा मुढाको मूल्य रु ५०० देखि रु ७५० सम्म पर्ने गरेको छ । वर्ष दिनअघिमात्र स्थापना गरिएको कालिका वडास्तरीय महिला समूहले यसअघि नेतृत्व विकास तालिम तथा मानव सेवाका गतिविधि सञ्चालन गर्दै आएको थियो ।