२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतमा सिलिन्डर विस्फोट हुँदा २३ जनाको मृत्यु

अ+ अ-

काठमाडौँ । भारतको गोवास्थित एक प्रसिद्ध नाइट क्लबमा आगलागी हुँदा २३ जनाको मृत्यु भएको छ। शनिवार उत्तरी गोवाको अर्पोरा गाउँको नाइट क्लबमा सिलिन्डर विस्फोट भएर ठूलो आगलागी हुँदा २३ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ ।

प्रहरीका अनुसार उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू भएको अनुमान छ, तर मृतकहरूमा पर्यटकहरू पनि छन्। उक्त क्लब गत वर्ष मात्र खुलेको थियो। मुख्यमन्त्री प्रमोद सावन्तले मृतकमध्ये धेरैजसो भान्साका कर्मचारी रहेको बताएका छन्, जसमा तीन महिला पनि समावेश छन्। 

घटनाको जानकारी पाएपछि गोवाका मुख्यमन्त्री सावन्त र स्थानीय विधायक माइकल लोबो तुरुन्तै घटनास्थल पुगेका थिए।मुख्यमन्त्री सावन्तले पत्रकारहरूलाई बताएअनुसार तीन जनाको जलेर र अरूको निसास्सिएर मृत्यु भएको छ।  

राज्यको राजधानी पणजीबाट करिब २५ किलोमिटर टाढा रहेको अर्पोरा गाउँको बिर्च बाई रोमियो लेन क्लबमा मध्यरातपछि आगलागी भएको थियो।घटनास्थलमा दमकल र प्रहरी टोलीले उद्धार र नियन्त्रणको काम गरिरहेको छ। घटनाबारे औपचारिक अनुसन्धान सुरु गरिएको प्रहरीको भनाई छ ।