२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ईश्वर पोखरेलले भने : ‘समाज अनियन्त्रित अराजकतातिर जाने खतरा छ, हामीले आत्मालोचना गर्नुपर्छ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पछिल्ला घटनाहरूले नेपाली समाजको नैतिक मूल्य र सांस्कृतिक बन्धनका जुइना खुस्किन थालेको संकेत गरिरहेको टिप्पणी गरेका छन् ।

आफ्नो समूहले महाधिवेशनमा प्रस्तुत हुने दस्ताबेजमा समावेश गर्नुपर्ने भन्दै सोमबार केन्द्रीय कार्यालयमा बुझाइएको अवधारणा पत्र यस्तो विश्लेषण गरिएको छ ।

अवधारणा पत्रमा पोखरेलले समाजमा रहेको आम निराशा र असन्तोष आन्दोलनका रूपमा अभिव्यक्त भइरहेको टिप्पणी गरेका छन् । ‘अर्थ राजनीतिमा रहेका संरचनागत संकटले जनजीवनमा निम्त्याएको दुःखका बहुआयामिक प्रभावहरू छन्’ उनले भनेका छन्, ‘आम निराशा र असन्तोष त्यसको अभिव्यक्ति मात्र हो ।’

उनले थपेका छन्, ‘असन्तोषहरुको अराजक विस्फोटले सिलसिलाको रूप लिएको छ । पछिल्लो वर्ष गोंगबुको ल्होत्से मलको घटना, गत चैत १५ गते आन्दोलनका नाममा भएको तीनकुने कोटेश्वरका लुटपाट र भदौ २४ गतेका घटनाले नेपाली समाजको नैतिक मूल्य र सांस्कृतिक बन्धनका जुइना खुस्किन थालेको संकेत गर्दछन् ।’

नेपाली समाज अनियन्त्रित अराजकतातिर जाने खतरा बढिरहेको उनको विश्लेषण छ । ‘स्रोतमाथिको पहुँचमा विभेद, रोजगारीको अभाव, आर्थिक वृद्धिको न्यायोचित वितरणको अभाव, सुशासनको अभावले बिस्तारै हाम्रो समाज अनियन्त्रित अराजकतातिर जाने खतरा बढाइदिएको छ। व्यावसायिक लगानीको वातावरण कमजोर भएको छ,’ उनले भनेका छन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले थपेका छन्, ‘वैदेशिक लगानी आकर्षण गर्ने सम्भावना तत्काललाई क्षीण भएको मात्र होइन, अप्रत्यक्ष बाटोबाट पूँजी पलायनको सम्भावना बढेको छ । यसले राज्य असफलताको अवस्थातिर धकेल्ने जोखिम रहन्छ ।’

सरकारमा रहँदा पनि एमालेले अर्थ राजनीतिमा रहेका संरचनागत संकटप्रति पर्याप्त हस्तक्षेप गर्न नसकेको स्वीकार गरेका छन् ।

‘अर्थ राजनीतिमा रहेको संरचनागत संकटप्रति हामीले आफू सरकारमा हुँदा पर्याप्त हस्तक्षेप गर्न सकेनौँ । पार्टीका विचारहरू र हामीले जनतासँग गरेका कबुलको वस्तुनिष्ठता र सत्यतालाई बारम्बार पुष्टि गर्नबाट हामी चुक्यौँ ।’

उनले अगाडि भनेका छन्, ‘लामो समयसम्म राज्य र सरकारको नेतृत्व गरेर पनि यी संकट हल गर्नतिर पर्याप्त ध्यान दिन नसकेकोमा हामीले आत्मालोचना गर्नुपर्दछ ।’