२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन्दीपलाई आउट गर्दै सर्वाधिक विकेट लिने बलरको शीर्षस्थानमा उक्लिए अविनाश 

अ+ अ-

काठमाडौँ । विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेलाई आउट गर्दै सुदूरपश्चिम रोयल्सका अविनाश बोहरा सर्वाधिक विकेट लिने बलरको शीर्षस्थानमा उक्लिएका छन्। 

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार अविनाशले दोस्रो विकेटका रूपमा सन्दीपलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए। यससँगै जारी एनपीएलमा सबैभन्दा धेरै विकेट लिने बलर बनेका छन्। उनको नाममा १६ विकेट पुगेको छ। 

एनपीएलको पहिलो क्वालिफायरमा म‌ंगलबार उनले दुई विकेट लिए। पहिलो विकेटका रूपमा लोकश बमलाई आउट गरेका थिए भने दोस्रो विकेटका रूपमा सन्दीपलाई आउट गरेका हुन्। विराटनगरविरुद्धको खेलमा ३.१ ओभर बलिङ गरेका उनले २२ रन मात्रै खर्चिए। 

दोस्रो स्थानमा रहेका सन्दीपले अहिलेसम्म १५ विकेट लिएका छन्। मंगलबार सुदूरपश्चिमविरुद्धको खेलमा उनी विकेटविहीन भए। चार ओभर बलिङ गरेका उनले १६ रन मात्रै दिए। 

त्यस्तै, सर्वाधिक विकेट लिने बलरको तेस्रो स्थानमा तीन खेलाडी छन्। काठमाडौँ गोर्खाजका शाहब आलम, सुदूरपश्चिमका हरमित सिंह र काठमाडौँकै करण केसी छन्। तीनै जनाको नाममा समान १२ विकेट छ।