२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४३ वटा दल समानुपातिक निर्वाचनमा भाग नलिने

अ+ अ-

काठमाडौँ । समानुपातिक निर्वाचन बाहिर ४३ वटा दल रहने भएका छन् । उनीहरूले २१ फागुनमा तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन नै दिएका छैनन् ।

निर्वाचन आयोगका अनुसार दल दर्ताको संख्या १४३ छ । त्यसमध्ये एक सय दलले समानुपातिक तर्फ निर्वाचन प्रयोजनका लागि निवेदन दिएका छन् । बाँकी ४३ दलले समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि निवेदन नै दिएका छैनन् ।

निर्वाचन आयोगले मंसिर २१, २२ र २३ मा समानुपातिकतर्फ निर्वाचन प्रयोजनका लागि दल दर्ताको समय तय गरेको थियो । निर्धारित समयमा एक सय दलले समानुपातिक तर्फ निर्वाचन प्रयोजनका लागि निवेदन दिएका हुन् ।

प्राप्त भएका निवेदन उपर अध्ययन गरी मंसिर २६ गतेसम्म स्वीकृत गर्ने आयोगको कार्यतालिका छ । आगामी पुस १३ र १४ गते समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची पेश गर्ने समय छ ।

प्रारम्भिक सूची माघ ४ गते प्रकाशित गर्ने तालिका छ । प्रारम्भिक सूची उपर दाबी विरोध र उजुरीको छानबिन गरी माघ २० गते बन्द सूचीको अन्तिम प्रकाशन हुनेछ ।

प्रतिनिधि सभाका २७५ सदस्यको चयन प्रत्यक्ष र समानुपातिक गरी दुई प्रणालीबाट हुनेछ । प्रतिनिधि सभामा १६५ सदस्यको प्रत्यक्ष र बाँकी ११० सदस्यको चयन एक समानुपातिक प्रतिनिधित्वद्वारा गरिने व्यवस्था छ ।

प्रत्यक्षतर्फको भने आगामी माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यतालिका छ ।