२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्थायी कम्प्युटर अपरेटर ६-७ महिनादेखि हाजिरविहीन: करार कर्मचारीले दरबन्दी रोकिराखेको भन्दै प्रधानमन्त्रीलाई निवेदन

अ+ अ-

काठमाडौँ । राजपत्र अनंकित प्रथम श्रेणीका स्थायी कम्प्युटर अपरेटरहरूले सरकारसमक्ष गम्भीर समस्या उठाउँदै प्रधानमन्त्री सुशीला कार्कीलाई औपचारिक निवेदन पेश गरेका छन्।

२०८२ मंसिर २३ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दर्ता गरिएको उक्त निवेदनमा सरुवा भएर जिम्मेवारी पाएका कर्मचारीहरू महिनौँसम्म हाजिर तथा पदस्थापन नपाई अलपत्र परेको गुनासो गरिएको छ।

निवेदनअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती सेवा ऐन, २०४९ को दफा १८(१) अनुसार नियमित रूपमा सरुवा गर्ने प्रक्रिया कायम राखे पनि सरुवा भएर मन्त्रालय-कार्यालय पुगेका स्थायी कम्प्युटर अपरेटरहरूलाई ६-७ महिनासम्म हाजिर गराइँदैन। यसले तलब-भत्ता समेत नपाई कर्मचारीहरूको पारिवारिक जीवन गम्भीर रूपमा प्रभावित भएको बताइएको छ।

अपरेटरहरूले उठाएका प्रमुख समस्याहरूमा अधिकांश मन्त्रालय-कार्यालयमा कम्प्युटर अपरेटरको दरबन्दी भए पनि करार कर्मचारी राखेर पदस्थापन रोकिएको, सरुवा भएर आएका स्थायी कर्मचारीले सहसचिवसमक्ष हाजिरका लागि निवेदन दिए पनि “करार कर्मचारी बसेकोले हाजिर गराउन नसकिने”, “खाली कार्यालय आफैँ खोजेर जानु”, “अदालतमा मुद्दा हाल्नुस्” जस्ता गैर जिम्मेवार प्रतिक्रिया पाउने, ६-७ महिनादेखि पदस्थापन नभएकाले तलब-भत्ता नपाई परिवार धान्न गाह्रो भएको तथा एउटै दरबन्दीमा स्थायी कर्मचारीलाई बिना काम बसालेर सोही पदमा करार कर्मचारी राखिँदा राज्यको दोहोरो खर्च भइरहेको जस्ता विषयहरू उठाइएका छन् । 

निवेदनमा नेपाल सरकारले सार्वजनिक खर्च कटौती गर्ने नीति अवलम्बन गरिरहेको र मन्त्रिपरिषद्को २०८२/०६/०५ को निर्णयअनुसार अर्थ मन्त्रालयले समेत यस विषयमा परिपत्र जारी गरिसकेको स्मरण गराउँदै स्थायी कर्मचारीलाई हाजिर तथा पदस्थापन नदिनु सरकारी नीति विपरीत भएको उल्लेख छ।

अपरेटरहरूले प्रधानमन्त्री तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई “सरुवा भएको कार्यालयमै तुरुन्त हाजिर र पदस्थापन गराई नियमित रूपमा कामकाज गर्ने वातावरण बनाइदिन” आग्रह गरेका छन्।

मन्त्री, सचिव तथा महानिर्देशलगायत शक्ति र पहुँचवालहरूले आफ्ना तथा आफन्तहहरुलाई करारमा जागिर लगाउँदा स्थायीहरूको बिचल्ली भएको उनीहरूको गुनासो छ ।