काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले २१.०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको बुधबार साँझ बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो।
कम्पनीको लाभांश प्रस्ताव बीमा प्राधिकरणबाट स्वीकृत हुन र साधारण सभाबाट पारित हुन बाँकी रहेको इन्स्योरेन्सले जनाएको छ ।
यसअघि कम्पनीले पनि १० प्रतिशत बोनस सेयर सहित २१.०५ प्रतिशत लाभांश दिएको थियो। कुल लाभांश दर तीन वर्षदेखि समान छ।
इन्स्योरेन्सका अनुसार अहिले कम्पनीको सेयर आठ सय २२ रुपैयाँमा कारोबार भइरहेको छ।







