काठमाडौँ । चितवन प्रहरीले लागू औषध खैरो हिरोइन १४२ ग्राम ६८ मिलिग्रामसहित ८ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. ३ टेडा घर भई हाल चितवन भरतपुर महानगरपालिका वडा नं. १० डेरा गरी बस्ने १९ वर्षीय अनवर अंसारी, २० वर्षीय रहिफुल्ला मिया ठकुराई, २० वर्षीय प्रवेज अंसारी, वडा नं. १ छप्कैया बस्ने २३ वर्षीया आईपा खातुन, भरतपुर महानगरपालिका वडा नं. ४ त्रिचोक बस्ने २१ वर्षीय सरोज तामाङ, वडा नं. १७ गोब्रेनी बस्ने २४ वर्षीय वसन नेपाली, वडा नं. २१ पार्वतीपुर बस्ने ३२ वर्षीय मनु भन्ने मनोज बि.क र ३६ वर्षीय भीम बहादुर तामाङ रहेका छन् ।
मंगलबार दिउँसो ४ बजे भरतपुर महानगरपालिका वडा नं. १० लाहुरेटोल स्थितमा लागु औषध बिक्री वितरण, ओसारपसार कार्य भई रहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीका इन्चार्ज असई हरि भट्टराईको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।







