२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रम मन्त्री भण्डारीद्वारा पदभार ग्रहण, श्रम क्षेत्रमा देखिएको संगठित जालो तोड्ने प्रतिबद्धता

अ+ अ-

काठमाडौँ । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित जालोलाई तोड्ने विषयमा केन्द्रित हुने बताएका छन् ।

आज (शुक्रबार) श्रम मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री भण्डारीले यस्तो बताएका हुन् । 

‘म प्रहरीको अपराध अनुसन्धान ब्युरो (सीआईबी)को संस्थापक निर्देशक हो । मैले त्यहाँ पनि संगठित अपराधको जालोलाई तोड्ने काम गरेको थिएँ,’उनले भने,‘यहाँ पनि श्रमसँग सम्बन्धित अनुसन्धान गर्न विशेष कार्यदललाई गठन गरेर मुद्दालाई छिटो सम्पादन गर्नेछु । संगठित जालोलाई तोड्नुछ । मैले एक-एक घण्टामा कसरी काम गर्न सकिन्छ भनेर सोचिरहेको छु । कठोर कारबाही गर्नुपर्छ ।’

उनले एक्सनमा लैजानका लागि आफ्नो अनुभवले काम गर्ने बताए । ‘एउटा कार्यदल बनाएर एक्सनमा जान्छ । आममानिसलाई अनुभूत हुने गरी काम हुन्छ,’ उनले भने । उनका अनुसार जेन-जी आन्दोलनपछि गिरेको प्रहरीको मनोबल उठाउने काम प्रधानमन्त्रीबाट भएको बताए । ‘हरेक प्रहरी दमनकारी हुँदैन । हरेक जेन-जी विध्वंसकारी हुँदैन । यो सम्माननीय प्रधानमन्त्रीले सुरक्षाकर्मीको आवाज पनि क्याबिनेटमा भयो भने केही योगदान दिन सकिन्छ भनेर सोच्नुभएको होला,’ उनले भने,‘जेन-जीको पीडा छ । नेपाल प्रहरीको पीडा छ । दुवै पक्षलाई क्षति पुगेको अवस्था छ ।’