२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेका पोलिटब्यूरो सदस्य रानाद्वारा सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य दलबहादुर रानाले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् ।

नेकपा एमालेको एघारौँ महाधिवेशनको सुरु हुन लाग्दा रानाले सामाजिक संजालमार्फत आफू सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका हुन् ।

रानाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्टाटस लेख्दै पारिवारिक समस्या देखाएर सक्रिय राजनीतिबाट अलग हुने बताएका छन् ।

४५ वर्षदेखि सक्रिय राजनीतिमा रहेका राना १० औँ महाधिवेशनपछि राना पोलिटब्युरो सदस्य थिए । राना बुटवलमा भएको एमालेको आठौँ राष्ट्रिय महाधिवेशनदेखि केन्द्रीय कमिटी सदस्य तथा लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज हुँदै नवौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य तथा पोलिटब्युरो सदस्य थिए ।

दसौँ राष्ट्रिय महाधिवेशनपछि पोलिटब्युरो सदस्य तथा भूमि व्यवस्था विभाग इञ्चार्ज थिए ।

उनी दुई पटक पाल्पा जिल्ला कमिटी सचिव, तत्कालीन लुम्बिनी अञ्चल समन्वय कमिटीको सदस्य तथा सहईन्चार्ज समेत थिए ।

उनी दुई पटक प्रतिनिधिसभा सदस्य र एक पटक संविधानसभा सदस्य भए । यस्तै राना भूमिसुधार तथा व्यवस्था मन्त्रीसमेत भएका थिए ।

रानाले स्टाटसमार्फत सक्रिय राजनीतिक जीवनबाट बिदा लिए पनि पार्टी सदस्यको हैसियतबाट समय अनुकूलतामा अनुभवको आधारमा देश, जनता र पार्टीको हितमा क्रियाशील रहने उनले प्रतिबद्धता जनाएका छन् ।