काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशी विदेशी पक्षका चुनौतीकाबीच पार्टीलाई एक ढिक्का बनाउनुपर्ने बताएका छन् ।
सो पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको आजदेखि सुरु भएको बन्द सत्रमा सम्बोधन गर्दै उनले राष्ट्रिय राजनीति, विकास र समृद्धिका पक्षमा पार्टी एक लय र सुरका साथ प्रस्तुत हुनुपर्नेमा जोड दिएका हुन् ।
गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनको क्रममा भएका घटनाको तत्कालीन प्रधानमन्त्रीले जिम्मेवारी लिनुपर्छ भन्ने खालका तर्कहरूमा पार्टीका नेताहरू बहकिन नहुने आग्रह गरेका छन्।







