२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सब-इन्जिनियरमाथि हातपात, कारवाहीको माग गर्दै कर्मचारीहरूले दिए काम ठप्प पार्ने चेतावनी 

अ+ अ-

काठमाडौँ । जन्तेढुंगा गाउँपालिकामा कार्यरत सब-इन्जिनियरमाथि हातपात भएको छ  । हातपात गर्नेमाथि कारबाहीको माग गर्दै कर्मचारीहरूले आपत्ति जनाएका छन् । 

चिमापानी बजारमा सञ्चालित बजार ढलान योजना अनुगमन तथा अवलोकन गर्नेक्रममा गाउँपालिकामा कार्यरत सब-इन्जिनियर रमेशकुमार यादवमाथि स्थानीय शुभचन्द्र राई र सुमन राईले हातपात गरेको र उनीहरूलाई कारवाहीको दायरामा ल्याउन माग गर्दै कर्मचारीहरूले विज्ञप्तिमा जारी गरेका छन् ।

गाउँपालिकाका कर्मचारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ-अनुगमन जस्तो संवेदनशील तथा सार्वजनिक हितसँग सम्बन्धित काममा खटिएका कर्मचारीमाथि भएको यस किसिमको अवाञ्छित, अमानवीय र निन्दनीय व्यवहार अत्यन्त दु:खद् तथा अस्वीकार्य छ ।

स्थानीय सरकारका कर्मचारीहरू विकास निर्माणलाई पारदर्शी, गुणस्तरीय र समयमै गराउने उद्देश्यले कार्यरत रहँदा कर्मचारीहरूको सुरक्षामाथि नै प्रश्न उठ्ने यस प्रकारका घटनाले समग्र स्थानीय शासन प्रणालीलाई कमजोर बनाउने खतरा पैदा गर्ने भन्दै कर्मचारीहरूले चिन्तासमेत व्यक्त गरेका छन् । यस्ता घटनाले कर्मचारीको मनोबलमा नकारात्मक असर पार्नुका साथै समग्र सार्वजनिक सेवाको मर्यादामाथि समेत प्रश्न उठाएको विज्ञप्तिमा जनाइएको छ । 

गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’, उपप्रमुख खेमबहादुर खड्का र प्रमुख प्रशासकीय अधिकृत सुमन गुरागाईँसहितको उपस्थितिमा अनुगमन कार्य भइरहेको बेला आफूमाथि हातपात भएको यादवले बताएका छन् । 

चिमापानी बजार ढलान योजनाका लागि वियन्स-अग्रिम जेभीले भ्याटसहित एक करोड ४४ लाख दुई हजार ३३ मा सम्झौता गरेर काम गरिरहेको छ । 

बजार ढलानको काममा प्रयोग गरिएका गिटीको गुणस्तरमा प्रश्न उठाउँदै दुई युवाले यादवमाथि हातपात गरेको बताइएको छ ।