२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रामकुमारी झाँक्रीले भनिन् : ‘पार्टीले जे जिम्मेवारी दिन्छ, त्यही जिम्मेवारी बोक्ने हो’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले पार्टीले जे जिम्मेवारी दिन्छ त्यसलाई बहन गरेर अघि बढ्ने बताएकी छन् ।

भृकुटीमण्डपस्थित महाधिवेशन बन्द स्थलमा सोमबार पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले आफूहरू अनकन्डिसनल एमालेमा फर्केर आएको र त्यही अनुसार काम गर्ने चाहना रहेको बताइन् ।

उनले भनिन्, ‘अहिले पनि त्यही हो । पार्टीले जे प्रकारको जिम्मेवारी दिन्छ त्यही प्रकारको जिम्मेवारी बोक्ने । त्यसैमा आफूले आफ्नो आफ्नो क्यालिबर लगाउने । त्यहाँ वेल पर्फर्म गर्ने । त्यसकै आधारमा अगाडि बढ्ने ।’

नेकपा एमालेमा आउनका लागि पछिल्ला घटनाहरूले पनि धेरै नै भूमिका खेलेको उनको भनाइ छ ।

उनले अगाडि भनिन्, ‘संविधानलाई वास्तविक लिकमा ल्याएर संविधान सम्मत सरकार बनाउने, लोकतन्त्रको रक्षा गर्ने, संविधानको रक्षा गर्ने काम पनि बाँकी नै छ । ती सबै कामका लागि नै नेकपा एमाले र यसको नेतृत्वलाई भरथेग गर्नका लागि र राष्ट्रिय आशा जगाउनका लागि नै हामी घर फर्किएका थियौँ ।’

उनले भनिन्, ‘आम रूपमा नेपाली जनताको शिर ढलेको अवस्था छ । कुनै व्यवसायीले व्यवसाय गर्न आँट गर्न सकेका छैनन् । सार्वजनिक ठाउँमा जाने आँट गर्न सकेका छैनन् । जेनजी आन्दोलनको नाममा भोलिपल्ट भएको लुटपाट, तोडफोड, आगोजनीले मान्छेहरू हतोत्साहित भएको अवस्था थियो । त्यस्तो अवस्थामा नेकपा एमालेले एक प्रकारको भरोसा दियो । शिर ढलेका जनताहरूलाई जगाउने/उठाउने काम नेकपा एमालेले गर्‍यो । यो अभियान यतिले पुग्दैन । अहिले हामी निर्वाचनसम्म जानुपर्छ । पार्टीलाई वडा तहदेखि माथिल्लो तहसम्म एक ढिक्का बनाएर लानुपर्ने जिम्मेवारी छन् ।’