काठमाडौँ । मधेश प्रदेश लोक सेवा आयोगले अधिकृत स्तर सातौँ तहमा बढुवाको लागि दरखास्त आह्वान गरेको छ ।
आयोगले स्थानीय सेवा अन्तर्गत अप्राविधिक तथा प्राविधिक तर्फको अधिकृत स्तर सातौँ तहका पदहरूको ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन तथा कार्यक्षमताको मूल्यांकनद्वारा हुने बढुवाको लागि दरखास्त आह्वान गरेको हो ।
निर्धारित दरखास्त फाराममा उल्लिखित विवरण खुलाई दरखास्त दिन सक्ने आयोगले जनाएको छ ।










