काठमाडौँ । जेन जेड अगुवा रवि किरण हमालले संसद पुनर्स्थापनाको च्याप्टर क्लोज भइसकेको बताएका छन्।
तत्कालीन संसदले जनताका कुरा नसुन्दा विद्रोह भएको र उक्त संसदबाट निर्मित सरकारले ७६ जना मानिसलाई हत्या गरेको कारण संसद पुनर्स्थापनाको छलफल नगर्ने उनले चेतावनी दिएका छन्।
किरणले भाद्र २४ गते सुशीला कार्की योजनाबद्ध रूपमा सडकमा आएर देशलाई खरानी बनाउँदै राज्यविहिनताको अवस्था सिर्जना र सत्ता कु गर्न लागेको आरोप लगाएका छन्। वर्तमान सरकारको राजनीतिक र नैतिक वैधता समाप्त भएको उनले दाबी गरेका छन्।
तत्काल जेननेड विद्रोही, राजनीतिक दल र प्रबुद्ध मानिसहरू सहितको सर्वपक्षीय सरकार निर्माण गरेर संविधान पुनर्लेखन गर्नु नै अहिलेको निकास रहेको उनले दाबी गरेका छन्। आज काठमाडौँमा जेनजेड भेलालाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् । जेनजेडहरु एक ठाउँमा उभिएर राष्ट्रलाई संकटबाट बचाउन उनले आग्रह गरे ।







