२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गोकर्ण विष्टले भने : ‘महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन्छ भन्ने विश्वास छ’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता गोकर्ण विष्टले जारी ११औँ महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुने विश्वास राखेको बताएका छन्। महाधिवेशन स्थल भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यसपटक पुस्तान्तरण र नेतृत्व हस्तान्तरण हुने विश्वास रहेको बताएका हुन्।

‘हामी सामूहिकतामा विश्वास गर्छौँ, पुस्तान्तरण र हस्तान्तरण गर्नुपर्छ भन्नेमा विश्वास गर्छौँ,’ उनले भने, ‘यसपटक यो हुन्छ भन्ने विश्वास छ।’ त्यस्तै उनले पार्टीमा नेतृत्वको कार्यकाल दुई पटक मात्रै हुनुपर्छ भन्ने विश्वास रहेको र यसपटक उल्टिएकोमा दुखेसो पोखेका छन्।

‘नेतृत्वको कार्यकाल दुई कार्यकाल मात्र हुनुपर्छ भन्ने कुरामा हामी विश्वास गर्छौँ, यद्यपि त्यो अहिले उल्टियो,’ उनले थपे, ‘सबै महाधिवेशन प्रतिनिधिले जिम्मेवार ढंगले मत जाहेर गर्नुहुन्छ, महाधिवेशन प्रतिनिधिले कार्यकर्ता र जनताको भावना बुझेर मतदान गर्नुहुन्छ, पुस्तान्तरण र हस्तान्तरण गर्न लाग्नुहुन्छ भन्नेमा विश्वास छ।’

महाधिवेशन स्थलमा अहिले उम्मेदवारहरूले आफ्नो प्रचारप्रसार गरिरहेका छन्। त्यस्तै अध्यक्ष केपी शर्मा ओली समर्थकहरूले होहल्ला पनि गरेका छन्।

होहल्ला गरेकोप्रति विष्टले भने, ‘हामीले धेरै हल्ला गर्ने कुरामा जोड दिनेछैन। प्रतिनिधिहरू जिम्मेवार हुनुहुन्छ। उहाँहरूलाई बाह्य हल्लाले फरक पर्दैन।’