२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोट खसाल्ने ठाउँमा मोबाइल र उम्मेदवारको लिस्ट लैजान रोक

अ+ अ-

काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतदानमा मोबाइल र उम्मेदवारको सूची लैजान रोक लगाइएको छ । सुरुमा ती लैजान दिइए पनि पछि रोक लगाइएको हो ।

केपी शर्मा ओली र ईश्वर पोखरेल पक्षले आ–आफ्नो प्यानलका उम्मेदवारहरूको नामावली प्रतिनिधिहरूलाई बाँडिरहेका थिए । त्यो खबर सार्वजनिक भएपछि कडाइ गरिएको हो ।

एमाले नयाँ नेतृत्व चयनका लागि आज बिहान ९ बजेर २० मिनेटदेखि मतदान सुरु भएको थियो । एमाले नेता राजेन्द्र गौतमका अनुसार बिहान साढे ११ बजेसम्ममा साढे तीन सय मत खसेको छ ।

एमालेका कुल २ हजार २६३ प्रतिनिधिहरू छन् । यस हिसाबले मतदान सकिएर नतिजा आउन आज मध्यरातसम्म लाग्ने अनुमान छ ।

मतदानको सुरुवात शीर्ष नेताहरूले गरेका थिए । अध्यक्षका उम्मेदवारद्वय केपी शर्मा ओली र ईश्वर पोखरेलले सँगसँगै मतदान सुरु गरेका थिए । उनीहरू प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

एमालेको नयाँ नेतृत्व चयनका लागि ई-भोटिङ मेसिन प्रयोग गरिएको छ । मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधिहरू लामबद्ध भएर पालैपालो मत खसालिरहेका छन् । प्रतिनिधिहरूको लाइनमा पुगेर उम्मेदवारहरूले भोट मागिरहेका छन् ।