२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकांश ओली प्यानलकै उम्मेदवार अगाडि

अ+ अ-

काठमाडौँ। नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।

बुधबारदेखि भएको मतदान बिहीबार बिहान सकिएसँगै अहिले मतगणना भइरहेको छ । केन्द्रीय निर्वाचन आयोगले गणना सुरु भएको ३ घण्टाभित्र परिणाम आइसक्ने बताएको छ ।

यसैबीच अहिलेसम्मको परिणाम अनुसार, ओली प्यानलकै वर्चश्व देखिएको छ । अध्यक्षमा केपी शर्मा ओली, महासचिवमा शंकर पोखरेलले सुरुदेखि नै अग्रता बनाइरहेका छन् ।

पछिल्लो परिणाम अनुसार, ओलीले ८४३ र ईश्वर पोखरेलले २९६ मत प्राप्त गरेका छन् । महासचिवमा शंकर पोखरेलले ६१३ मत प्राप्त गरेका छन् भने सुरेन्द्र पाण्डेले ५२६ मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपाध्यक्षमा पनि ओली प्यानलबाटै उम्मेदवार बनेकाहरूको अग्रता देखिन्छ । उपाध्यक्षमा पृथ्वी सुब्बा गुरुङले अग्रता लिएका छन् । उपाध्यक्षको दोस्रो स्थानमा विष्णु प्रसाद पौडेल छन् । त्यसपछि राम बहादुर थापा छन् । उनीहरू ओली प्यानलका हुन् ।

उपमहासचिवमा ओली प्यानलबाट लेखराज भट्ट र रघुवीर महासेठ अगाडि छन् । योगेश भट्टराई तेस्रो नम्बरमा छन् । भट्टराई ईश्वर पोखरेल प्यानलबाट निर्वाचनमा सहभागी भएका थिए ।

सचिवमा पनि महेश बस्नेत, छविलाल विश्वकर्मा, पद्मा कुमारी अर्याल, शेरधन राई अगाडि छन् । उनीहरू सबै ओली प्यानलबाट उम्मेदवार बनेका हुन् ।