काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको उम्मेदवारहरूलाई कम्प्युटर सीप परीक्षणको लागि बोलाएको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले बिहीवार एक सूचनामार्फत छनोट भएका उम्मेदवारहरूलाई सीप परीक्षणका लागि बोलाएको हो ।
लोक सेवा आयोग, सुर्खेत कार्यालयको विज्ञापन नं. १४७५१-१४७५४/०८१-८२ (खुला तथा समावेशी), न्याय प्रशासन सेवा, न्याय सरकारी वकिल सामान्य प्रशासन/राजस्व समूह, रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरह पदको कम्प्युटर सीप परीक्षणको लागि बोलाएको आयोगले जनाएको छ ।









