काठमाडौँ। सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेता तथा अगुवाहरू सकारात्मक कामका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
ललितपुरको सातदोबाटोस्थित ओमशान्ति भवनको भ्रमण गर्दै मन्त्री खरेलले अरूका लागि केही गर्छु भनेर शक्ति र सत्तामा रहेका व्यक्ति, नेता वा समाजका अग्रणीले जनताप्रति समर्पित भएर त्याग गर्नुपर्ने भनाइ राखेका हुन्।
‘हामी भगवान् जस्तो त बन्न सक्दैनौँ, लोभ, मोह, क्रोध र अहंकारले हामीलाई बाँधिसकेको छ, जति कोसिस गर्दा पनि छुटकारा पाउन सक्ने अवस्था छैन, रावण शिवको भक्त भए पनि दानवका रूपमा चित्रित भए, कोही पनि व्यक्ति राम्रो र नराम्रो भन्ने कुरा उसको कर्मले निर्धारण गर्छ’, मन्त्री खरेलले भने ।







