२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

अ+ अ-

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको निरीक्षण गरेका छन् ।

आज कारागारको निरीक्षण गर्दै उनले खालि रहेको ब्लकलाई बाल सुधार गृहको रूपमा छिट्टै सञ्चालनमा ल्याउनका लागि आवश्यक व्यवस्था गरिने बताए ।

मन्त्री अर्यालले कैदी बन्दीको मानवअधिकारको उच्च ख्याल गर्दै कारागारभित्र हुने हरेक गतिविधि कानुनी र मानवअधिकारका दृष्टिकोणले मर्यादित हुनुपर्नेमा ख्याल गर्न कारागार प्रशासनलाई निर्देशन दिएको उनका प्रेस संयोजक पुरुषोत्तम खत्रीले जानकारी दिए ।

उनले कैदीको दैनिक खाना, बस्ने व्यवस्था र अन्य सेवा सुविधाबारे चासो राख्दै कमजोरी भए सुधार गर्न कारागार प्रशासनको ध्यानाकर्षण गराए ।

त्यस क्रममा कैदी बन्दीका आफन्तले कारागारसम्म पुग्ने सडक पूर्वाधार निकै कमजोर भएको ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्री अर्यालले सडक पूर्वाधार छिट्टै सुधारका लागि सहजीकरण गर्ने  प्रतिबद्धता जनाएको उनको सचिवालयले जनाएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को यही पुस ३ गते बसेको बैठकले हाल देशका विभिन्न बाल सुधार गृहमा रहेका र अवधि बाँकी भएका १८ वर्ष माथिका बालबिज्याइँकर्तालाई राख्न केन्द्रीय कारागारमा खाली रहेको एउटा ब्लकलाई सञ्चालनमा ल्याउन स्वीकृति प्रदान गरेको थियो ।

उक्त ब्लकमा बढीमा पाँच सय जना बालबिज्याइँकर्तालाई राख्न सकिने जनाइएको छ । हाल देशभर आठ वटा सुधार गृह रहेका छन् । तीमध्ये चार वटा युसेफ नेपाल नामक गैरसरकारी संस्थाको व्यवस्थापनमा सञ्चालनमा छन् ।