२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री र सचिवले आफूखुसी कानुन बनाउँदा भ्रष्टाचार मौलाएको सांसद विष्टको दाबी

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले मन्त्री र सचिवले आफूखुसी ऐन र प्रत्यायोजित विधायन बनाउन सक्ने वातावरणले भ्रष्टाचारलाई मलजल गरेको बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको संयुक्त बैठकमा बोल्दै उनले प्रत्यायोजित विधायनको दुरुपयोग नै सुशासनको बाधक भएको बताएका हुन् ।

‘मन्त्री र सचिवले आफूखुसी कानुन र प्रत्यायोजित विधायन बनाउने वातावरणले सुशासन भएन र भ्रष्टाचार मौलायो,’ उनले भने, ‘कानुनअन्तर्गत बन्ने नियम, नियमावलीको दुरुपयोग रोक्न विधायन एन २०८१ बनाएको हो । तर यसको कार्यान्वयन सन्तोषजनक छैन ।’

कानुनभन्दा माथि प्रत्यायोजित विधायनजस्तो हुने गरेको भन्दै उनले थपे , ‘जबसम्म ऐनभन्दा माथि नियमावली बन्ने वातावरण रहिरहन्छ तबसम्म सुशासन हुँदैन ।’

प्रत्यायोजित विधायन एन २०८१ साल चैत ३ गते जारी भएको थियो । जसले ऐन जारी भएको मितिले एक वर्षभित्र प्रत्यायोजित विधायनहरू (नियमावली, विनियमावली, निर्देशिका आदि) राजपत्रमा प्रकाशित गर्नुपर्ने भनिएको छ ।