२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ चयन

अ+ अ-

काठमाडौँ । महिला उद्यमी महासंघ नेपालको दशौँ महाधिवेशनले दर्शना श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यकारिणी समिति चयन गरेको छ ।

महासंघले आज ललितपुरमा २२औँ वार्षिक साधारण सभा तथा १०औँ महाधिवेशन सम्पन्न गरेको हो । 

देशभरका महिला उद्यमीको छाता संगठनका रूपमा कार्यरत महासंघ स्थापना कालदेखि महिला उद्यमीको विकास, प्रवर्द्धन तथा सामाजिक-आर्थिक सशक्तिकरणमा क्रियाशील रहँदै आएको छ ।

महासंघले हाल नेपालका ७७ वटै जिल्लामा संगठन विस्तार गरी पाँच हजार ५०० भन्दा बढी महिला उद्यमीलाई आबद्ध गरेको छ । साथै सातै प्रदेशमा प्रदेशस्तरीय महासंघ गठन गरी राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहका नीति निर्माण र निर्णय प्रक्रियामा महिला उद्यमीका हक, अधिकार र सरोकारका विषयमा सशक्त रूपमा वकालत गर्दै आएको जनाएको छ ।

महासंघको २२औँ वार्षिक साधारण सभा अध्यक्ष शोभा ज्ञवालीको अध्यक्षतामा सम्पन्न भएको थियो । सो अवसरमा अध्यक्ष ज्ञवालीले आफ्नो कार्यकालमा महासघमार्फत सञ्चालन गरिएका कार्यक्रम, उपलब्धि तथा चुनौतीबारे जानकारी गराइन्।

साधारण सभामा महासंघका महासचिव कुन्नम पोखरेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरिन् भने कोषाध्यक्ष सविता सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरिन्।

प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले महिला उद्यमशीलता विकासमा निजी क्षेत्र र महासंघबीच सहकार्यलाई अझ सुदृढ बनाइने प्रतिबद्धता व्यक्त गरिन्। 

महाधिवेशनको अवसरमा जिल्लास्तरमा उत्कृष्ट महिला उद्यमी संघ तथा व्यक्तिगत महिला उद्यमीलाई सम्मान गरिएको थियो । साथै महासंघको स्थापना कालदेखि निरन्तर योगदान पुर्‍याउने संस्थापक सदस्यलाई सम्मान प्रदान गरिएको थियो ।