काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले मंगलवार एक सूचना जारी गरी नतिजा प्रकाशन गरेको जनाएको हो ।
नेपाल प्रहरीको वि.नं. २२/०८१-८२ (खुला तथा समावेशी) नेपाल प्रहरी सेवा, प्राविधिक प्रहरी समूह, विधि विज्ञान उपसमूह, प्राविधिक प्रहरी जवान पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :

यस्तै, नेपाल प्रहरीको वि.नं. २१/०८१-८२ (खुला तथा समावेशी) नेपाल प्रहरी सेवा, प्राविधिक प्रहरी समूह, केनाईन (डग हेण्डलर) उपसमूह, प्राविधिक प्रहरी जवान पदको पनि लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :

यसैगरी नेपाल प्रहरीको वि.नं. २०/०८१-८२ (खुला तथा समावेशी) नेपाल प्रहरी सेवा, प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ्ग,सूचना प्रविधि उपसमूह, प्राविधिक प्रहरी जवान पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।
हेर्नुहोस् सूची :








