२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदीप पौडेलको दाबी : ‘महाधिवेशनविना निर्वाचनमा गए काँग्रेसको सर्मनाक हार हुन्छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले महाधिवेशन नगरी चुनावमा गए काँग्रेसको सर्मनाक हार हुने बताएका छन् । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएका हुन् ।

संसद् पुनर्स्थापनाको बाटो रोजेर पार्टी महाधिवेशन ढिलो गरे प्रत्युत्पादक हुने उनको भनाइ छ । ‘अधिवेशन नगरी निर्वाचनमा जाँदा काँग्रेसले सर्मनाक हार हुने स्थिति व्यहोर्छ’, पौडेलले भने, ‘अधिवेशन गरेर निर्वाचनमा बढी सिट जितिन्छ भने रणनीतिक हिसाबले पनि अधिवेशन गर्नुपर्‍यो नि ।’

उनले नेकपा एमालेले समेत महाधिवेशन गरिसकेको सन्दर्भमा अब काँग्रेसले नगरे लाज हुने पनि पौडेलले बताए । ‘एउटा कम्युनिष्ट पार्टीले अधिवेशन गरिसक्यो, उसले सकारात्मक म्यासेज दियो । त्यसैले हामीले पनि महाधिवेशन गरौँ’, पौडेलले भने ।

उनले महाधिवेशनमार्फत पार्टीलाई अद्यावधिक गर्न नसके देशलाई अगाडि बढाउन सक्छौँ भन्ने कुरामा विश्वास नहुने पनि बताए । ‘हामीले आफ्नो पार्टीलाई अपडेट गर्न सक्दैनौँ, विधानले जे व्याख्या व्यवस्था गरेको हो त्यस अनुसार अगाडि लैजान सक्दैनौँ भने देशलाई लान्छौँ भनेर कसरी पत्याइन्छ रु’ पौडेलले प्रश्न गरे ।

अधिवेशन नगरे, लोभका कारण पद ओगटेर बसेको र परिवर्तन नचाहेको देखिने उनले टिप्पणी गरे । पौडेलले भने, ‘पार्टी निर्वाचनको मुखमा छ, पार्टीमा चलायमान पनि आउँदैन ।’