२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आफ्नो समूहले गरेको महाधिवेशन समीक्षा भेलालाई गलतरुपले नबुझ्न ईश्वर पोखरेलको आग्रह

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो समूहले गरेको महाधिवेशन समीक्षा भेलालाई गलतरुपले नबुझ्न आग्रह गरेका छन् ।

उनले सामाजिक सञ्जालमा सन्देश लेख्दै प्रतिस्पर्धी समूहमा भएको सानो छलफल र बिदाइलाई लिएर साथीहरू तरंगित हुन नपर्ने बताएका छन् । अध्यक्षका प्रत्याशी बनेका पोखरेलले महाधिवेशनबाट निर्वाचित नेतृत्वको कतै पनि कसैबाट विरोध नहुने बताएका छन् ।

उनले भनेका छन्, ‘भरखरै नेकपा (एमाले)को एघारौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भइसकेको छ । त्यहाँ उठेका छलफलका विषय, नेतृत्वका लागि भएको प्रतिस्पर्धा र त्यसपछि प्रतिस्पर्धी समूहमा रहनु भएका साथीहरूका बीचमा भएको सामान्य र बिदाइ छलफललाई लिएर अहिले केही साथीहरूले तरंगित बनेर सार्वजनिक गर्नु भएको प्रतिकृयाप्रति ध्यानाकर्षण भएको छ ।’

उनले लेखेका छन्, ‘विगतमा पटक पटक पार्टीभित्रको बहस विवादमा नकारात्मक र नोक्सानदायी परिणाम झेल्दै र भोग्दै आएको पृष्ठभूमिका बारेमा हामी जानकार नै छौँ । त्यसले सृजना गरेको त्रासबाट हामी अहिले पनि केही हदसम्म त्रसित छौँ र पीडित पनि रह्यौँ । तर अहिले विगतको त्यही त्रास वा ‘भूत’ बाट तर्सिरहनु कति उचित हुन्छ ? एउटा कुरा-विगतको दुर्भाग्यपूर्ण अध्यायको पुनरावृत्ति हुने छैन-हुन दिइने छैन । संस्थागत गरिएका (वा गरिने) निर्णय र महाधिवेशनबाट निर्वाचित नेतृत्वको विरोधमा कसैबाट पनि कुनै काम हुने छैन । तर हरेक तहका नेता–कार्यकर्ताले आत्मसमर्पण होइन, आत्मसम्मान खोज्छन् ! कसैलाई काखा कसैले पाखा नगरियोस् भन्ने आशा र अपेक्षा गरेका हुन्छन् । र, त्यस्तो नहुँदा वा हुन नसक्ता त्यसप्रति असहमति वा विरोध भने हुनेछ भन्ने कुरालाई अस्वाभाविक रूपमा लिनु हुन्न पनि !’

पोखरेलले महाधिवेशनको सन्दर्भमा प्रस्तुत अवधारणा, समूहगत प्रतिस्पर्धा र नीतिगत अडानबारे सबै प्रष्ट भइसकेको बताउँदै यसलाई लुकाइरहन नपर्ने बताएका छन् ।

उनले महाधिवेशनले एउटा निष्कर्ष दिइसकेकाले आत्मसमर्पण नभई सम्मानजनक व्यवहारको अपेक्षा गरिँदा नेतृत्व र तरंगित हुने सबैले अप्रिय नोक्सानी भोग्ने अवस्था नबन्नका लागि ध्यान दिनु पर्ने बताएका छन् ।

उनले रूपान्तरणका लागि निरन्तर बहस-छलफल, आधिकारिक र संस्थागत निर्णयहरूको पालना, व्यवहारमा काखापाखा नहुने कुराको सुनिश्चितता, विभाजनको दुर्भाग्यपूर्ण कुराको दृढतापूर्वक विरोध–अहिलेको आवश्यकता भएको बताएका छन् । महाधिवेशनमा नेतृत्व चयनमा समूह-समूह रहे पनि सम्बद्ध सबैलाई यिनै कुराबाट निर्देशित हुने–निर्देशित गर्नुपर्ने अहिलेको आवश्यकता भएकामा जोड दिएका छन् ।

उनले यिनै कुराका आधारमा पार्टी नेतृत्वको प्रतिरक्षा हुने र सबै षड्यन्त्रहरूलाई पराजित गर्न सकिने बताउँदै नेकपा (एमाले) लाई एउटा निर्णायक राष्ट्रिय शक्ति बनाउन सम्भव हुने बताएका छन् ।