काठमाडौँ । दाङ जिल्ला अदालतले राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट र तीन जना वडाध्यक्षसहित आठ जनालाई जथाभाबी रूख काटेको आरोपमा दोषी ठहर गर्दै कैद सजाए सुनाएको छ।
जिल्ला न्यायाधीश राजेश्वर अर्यालको एकल इजलासले पुस २ गते राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, वडा नम्बर १ का वडाध्यक्ष गेमे खड्का, वडा नम्बर ४ का वडाध्यक्ष वीरबहादुर चौधरी, वडा नम्बर ५ का वडाध्यक्ष देवप्रसाद चौधरी, काठ खरिद गर्ने झविन्द्र भण्डारी, अभियान चौधरी, नन्दु गिरी र मिलमा लगेर काठ चिराउने केशरबहादुर चौधरीलाई कैद सजायको फैसला सुनाएको हो।
अदालतका अनुसार वडा नम्बर ४ का वडाध्यक्षलाई एक महिना कैद र एक लाख ४१ हजार दुई सय रुपैयाँ बिगो भराउने आदेश भएको छ भने गाउँपालिका अध्यक्ष विष्ट, दुई वडाध्यक्षसहित रूख खरिद गर्ने र मिलमा लगेर चिराउने अन्य सात जनालाई १५(१५ दिनको कैद फैसला सुनाएको छ।
अदालतले तत्कालीन सडक डिभिजन कार्यालय दाङका प्रमुख इन्जिनियर रामपुकार जैसवाललाई भने सफाइ दिएको छ।







