काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमार इङ्नामले मालपोत कार्यालय, डिल्लीबजारमा छड्के निरीक्षण गरेका छन् ।
बुधबार दिउँसो मन्त्री इङनामले छड्के निरीक्षण गरेका हुन् । उनी त्यहाँ सेवाग्राही बनेर पुगेका थिए ।
सो क्रममा उनले मालपोत कार्यालय वरपर बिचौलियाहरू भेटिएपछि मन्त्री इङ्नामले कार्यालय प्रमुख काजी बहादुर विष्टसँग भेटेर ध्यानाकर्षण गराएका छन् ।
सेवाग्राहीलाई सहज सेवा प्रदान गर्नेतर्फ ध्यान दिन पनि मन्त्री इङनामले कार्यालय प्रमुखलाई निर्देशन दिएका छन् ।
राज्यले सहज रूपमा सेवाग्राहीलाई सेवा दिन नसक्दा जेन जेड आन्दोलन भएकाले यसतर्फ मन्त्रालय गम्भीर रहेको सो क्रममा मन्त्री इङनामले बताएका छन् ।







