२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काँग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो १:०० बजे पुनः बस्ने भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार बुधबारदेखि सुरु भएको कार्यसम्पादन समितिको आजको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे र महेन्द्र यादव, कोषाध्यक्ष उमेश श्रेष्ठ तथा सदस्यहरू विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, प्रवक्ता डा. प्रकाश शरण महत, बलबहादुर केसी र ज्ञानेन्द्रबहादुर कार्कीले आ–आफ्नो धारणा राखेका थिए ।

कार्यसम्पादन समितिको बैठकपछि महामन्त्री शर्माले अबको १६ दिनमा क्रियाशील सदस्यताको काम सक्नुपर्ने अवस्था रहेको बताउँदै क्रियाशील सदस्यताको काम सकेर वडा र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गरौँ भन्ने प्रस्ताव राखेका छन् ।

“नेपाली काँग्रेसको महाधिवेशनबाट नेतृत्व चयन गर्ने मात्रै भन्दा सकारात्मक खालको के सन्देश दिने भन्ने हो, अहिले हामी महाधिवेशनमा केन्द्रित छौँ, जेलबाट भागेका कैदी र लुटिएका हतियार फिर्ता नआएसम्म चुनाव हुन असम्भव छ, यसका लागि सरकारले वातावरण बनाउनुपर्छ, चुनाव फागुनमा भन्दा वैशाखमा गर्नु उपयुक्त हुन्छ”, उनले भने।

महामन्त्री शर्माले पार्टीको संस्थागत निर्णय हामी सबैले मान्नुपर्छ भन्दै महाधिवेशनको मिति केही दिन हेरफेर पनि हुनसक्ने बताए ।

पार्टी प्रवक्ता डा. प्रकाश शरण महतले पार्टीका विषयलाई कसैले अतिरञ्जित तरिकाले सार्वजनिक गर्नुभन्दा पार्टीको बैठकमा राख्नु उचित हुने बताए । 

“हामीले कसैलाई दोष दिने कुरा छैन, सभापतिले कार्यवाहक सभापतिलाई सम्पूर्ण अधिकार दिनुभएको छ, महामन्त्रीलाई क्रियाशील सदस्यको व्यवस्थापन गर्ने अधिकार विधानले नै दिएको छ, अब सकेसम्म कति समय लाग्छ, त्यो टुंगो लगाएर अधिवेशनको निर्वाचन प्रक्रिया अगाडि बढाउन कुनै कठिनाइ छैन, त्यसपछि अधिवेशन रोकिने छैन, सहज रूपमा हुन्छ”, उनले भने ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा केन्द्रीय कार्यालय सानेपामा बसेको थियो ।