२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भोलि बिर्तामोडमा शक्ति प्रदर्शन गर्दै राप्रपा

अ+ अ-

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भोलि (पुस १२) बिर्तामोडमा शक्ति प्रदर्शन गर्ने भएको छ ।

राजा, राजनीतिक दल र जेन जेडबीच निर्वाचन अगावै नयाँ समझदारी गरिनुपर्ने विषय उठाउँदै आएको राप्रपाको विर्तामोडमा हुने सभा विशेष हुने प्रवक्ता मोहन श्रेष्ठको भनाइ छ ।

देशमा अहिले ध्रुवीकरण तिव्र रूपमा भइरहेको बताउँदै श्रेष्ठले वास्तविक ध्रुवीकरण देशलाई माया गर्ने र देशलाई घात गर्नेहरूका बीचमा छिट्टै हुने समेत बताएका हुन् ।

तुलनात्मक रूपमा राप्रपाको बलियो संगठन झापामा भएको हुने सभाले नवीन समझदारीको लागि सबै राजनीतिक दल र सम्बद्ध पक्षलाई बाध्य पार्ने गरी दबाब सिर्जना गर्ने तयारी भएको आयोजक झापा जिल्ला अध्यक्ष केशव प्रसाद ओझाले बताएका छन् ।

बिर्तामोड सभालाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता, उपाध्यक्षद्वय बुद्धिमान तामाङ र विक्रम पाण्डे, प्रवक्ता ज्ञानेन्द्र शाही, नेतृ खुश्बु ओली लगायतले सम्बोधन गर्नेछन् ।

राप्रपालाई सुन्न, राप्रपामा जोडिन र राप्रपाको देश बचाउने र देश बनाउने अभियानमा सहभागी हुन अध्यक्ष लिङ्देनले अपिल समेत गरेका छन् ।