काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका लागि इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने निर्णय गरेको छ । यसका लागि इराकमा काम गरिरहेका नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा शुक्रबार (पुस ११) बसेको मन्त्रिपरिषद्को बैठकले इराकमा रहेका नेपालीलाई अभिलेखीकरणमा ल्याउने निर्णय गरेको हो ।
परराष्ट्र र कानुन मन्त्रालयको सहमतिमा श्रम मन्त्रालयले इराकमा रहेका नेपालीलाई अभिलेखमा ल्याउन मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको हो ।
बैठकले इराकको आवासीय कार्ड भएका नेपालीलाई नेपाल आएको बखत आवेदन दिएमा श्रम स्वीकृति दिने निर्णय गरेको हो ।







