२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आगामी चुनावबाट देशले जित्नुपर्छ’: अध्यक्ष लिङ्देन

अ+ अ-

बिर्तामोड । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूहरू केवल चुनाव जित्ने उद्देश्यका साथ नभई देशलाई जिताउने स्पष्ट एजेन्डासहित राजनीतिक मैदानमा उत्रिएको बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित जनजागरण सभामा उनले आगामी निर्वाचन व्यक्ति विशेष वा दलको जितमा सीमित नभई राष्ट्रको हित, स्थायित्व र भविष्यसँग जोडिनुपर्नेमा जोड दिए ।

अध्यक्ष लिङ्देनले आफ्नो पार्टीको राजनीतिक लक्ष्य सिट सङ्ख्या बढाउने मात्र नभई देशलाई संकटबाट जोगाउने रहेको उल्लेख गरे । “हामी चुनाव जित्ने कुरा मात्रै लिएर आएका छैनौँ । चुनाव भयो भने राप्रपाले जित्ने कुरा पनि आउँछ, तर त्योभन्दा ठूलो कुरा देशले जित्ने वातावरण बनाउनु हो । देश जित्न सबै राष्ट्रवादी शक्ति एक ठाउँमा उभिन आवश्यक छ”, उनले भने ।

देश हाल गम्भीर राजनीतिक, आर्थिक र सामाजिक संकटतर्फ उन्मुख भएको उल्लेख गर्दै अध्यक्ष लिङ्देनले यस अवस्थाबाट निकास पाउने लोकतान्त्रिक उपाय स्वच्छ, निष्पक्ष र समयमै हुने निर्वाचन नै भएको बताए । जनताको जनादेशमार्फत बलियो नेतृत्व स्थापित नगरेसम्म राजनीतिक स्थायित्व र समृद्धिको आधार तयार नहुने उनको भनाइ थियो ।

राप्रपा नेता विक्रम पाण्डेले पछिल्ला वर्षमा भएका आन्दोलन, राजनीतिक अस्थिरता र निर्णयहीनताका कारण देश र जनताले ठूलो पीडा भोग्नुपरेको बताए । उनले लामो समयदेखि जारी अन्योलले आर्थिक गतिविधि प्रभावित हुनुका साथै जनजीवन कष्टकर बन्दै गएको भन्दै संविधानअनुसारको निर्वाचन नै समस्याको समाधान भएको बताए ।

नेता ज्ञानेन्द्र शाहीले राजनीतिक अस्थिरताका कारण बेरोजगारी, महँगी र युवाको विदेश पलायन तीव्र बनेकाले अब जनताले मतमार्फत आफ्नो भविष्यको निर्णय गर्नुपर्नेमा जोड दिए । नेतृ खुश्बु ओलीले देशको हित र पहिचान जोगाउन बलियो राष्ट्रवादी नेतृत्व आवश्यक रहेको बताए ।