२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मन्त्री घिसिङले भने : ‘पोखराको पर्यटनका लागि ‘सडक र हवाई कनेक्टिभिटी’ महत्वपूर्ण’

अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले पर्यटकीय राजधानी पोखराको पर्यटन विकासका लागि अन्य देशसँगको सडक र हवाई कनेक्टिभिटी महत्वपूर्ण रहेको बताएका छन् ।

रेष्टुरेण्ट एण्ड बार एशोसिएशन नेपाल (रेवान) पोखराको आयोजनामा फेवाताल किनारमा आजदेखि सुरु भएको २७औँ संस्करणको पोखरा सडक महोत्सवको उद्घाटन गर्दै मन्त्री घिसिङले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान गर्न सरकारले प्राथमिकता दिएको बताएका हुन् ।

“पोखराको विकासका लागि चीनको कोरला नाकासम्मको सडक सञ्जाल र पोखरा विमानस्थलबाट अन्तरराष्ट्रिय उडान हुनु आवश्यक छ । एयर कनेन्टिभिटीलाई सरकारले प्राथमिकता दिएको छ । यो जियोपोलिटिक्स कुरासमेत हो । अब आउने सरकारले यस विषयलाई प्राथमिकतामा राखेर समाधान गर्नुपर्छ । पर्यटकीय सहरमा एयरपोर्ट सञ्चालन गर्दा यहाँको पर्यटनलाई ठूलो मद्दत पुग्छ”, मन्त्री घिसिङले भने ।

पोखरादेखि मुस्ताङस्थित चीनको कोरला नाकासम्म सडक सुधार र कालोपत्र गर्ने काम भइरहेकाले आगामी दिनमा यहाँको पर्यटन विकास तथा चीनसँगको व्यापारमा योगदान पुग्ने उनले बताए । मुस्ताङबाट कोरलासम्म ५० किमी सडक कालोपत्र गर्न अर्थ मन्त्रालयसँगको सहमतिमा टेण्डर प्रक्रिया अघि बढाइएको मन्त्री घिसिङले जानकारी दिए । 

मन्त्री घिसिङले पोखराका कुँडहरदेखि लेकसाइडसम्मको सडकको विद्युत्को तार भूमिगत गर्ने काम भइरहेको बताए ।  उहाँले पोल र तार हटाएर सुन्दर पोखरा अभियान बनाउन सरकार लागिपरेको उल्लेख गरे । पर्यटनको हव पोखरामा पर्यटकीय पूर्वाधारका लागि धेरै काम गर्नुपर्ने भए पनि संघीय सरकारले अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल र मनाङका पर्यटकीयस्थलसम्म ग्रिड कनेक्टिभिटीका क्षेत्रमा काम गरेको मन्त्री घिसिङको भनाइ थियो । फेवाताल, रुपाताल र बेगनास तालको संरक्षण तथा संवर्द्धनका लागि प्रदेश र स्थानीय सरकारसँग मिलेर काम गर्ने योजना रहेको उनले बताए । 

गण्डकी प्रदेशका पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्यटन विकासका लागि प्रदेश सरकारले घरवास कार्यक्रम, पर्यटकीय पूर्वाधार निर्माण र गन्तव्यहरूको प्रवर्द्धन गर्न काम गरिरहेको बताए । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान नियमित बनाउनका लागि पहल गर्न मन्त्री घिसिङसँग आग्रह गरे ।

अङ्ग्रेजी नयाँ वर्ष २०२६ को स्वागतार्थ फेवाताल किनार लेकसाइडको खहरेदेखि अम्बोटसम्मको साढे तीन किमी क्षेत्रमा यही पुस १७ गतेसम्म महोत्सव सञ्चालन हुनेछ । 

महोत्सवबाट गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलनपछिको विषम परिस्थिति र संकटका बाबजुद दिगो पर्यटनको परिकल्पनालाई सार्थक बनाउँदै अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने विश्वास लिइएको रेवानका अध्यक्ष विश्वराज पौडेलले बताए ।

हरेक संकटपछि सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न र ‘पोखरा सुरक्षित तथा खुला छ’ भन्ने सन्देश प्रवाह गर्न महोत्सव फलदायी हुने आयोजकको विश्वास छ । महोत्सवमा मुख्य आकर्षणको रूपमा विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक कार्यक्रम, मौलिक वेषभूषा प्रदर्शन, झाँकी प्रदर्शन प्रतियोगिता, सडकमै राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिकारको प्रदर्शनलगायत रहेका महोत्सवका संयोजक वसन्त गौतमले बताए।