२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले भन्यो : ‘सेना परिचालनबारे ओलीको अभिव्यक्तिलाई गलत व्याख्या गरियो’ 

अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) ले प्रधानमन्त्रीसँगको भेटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सेना परिचालन सम्बन्धमा राखेको अभिव्यक्तिलाई गलत तरिकाले व्याख्या गरिएको भन्दै एमालेले आपत्ति जनाएको छ।

आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि कुरा गर्दै उपमहासचिव लेखराज भट्टले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार अध्यक्ष ओलीले सेना परिचालनबारे राखेको कुरालाई बाहिर गलत ढंगले प्रचार गरिएको भन्दै बैठकमा असन्तुष्टि व्यक्त गरेका थिए।

‘शीर्ष नेतासहित प्रधानमन्त्रीसँगको छलफलमा अध्यक्ष ओलीले सुरक्षा दिने सेनाले हो कि प्रहरीले ? भनेर प्रश्न गर्नुभएको थियो तर सोही विषयलाई तोडमोड गरी आसन्न प्रतिनिधि सभा निर्वाचनमा सेना परिचालन गर्न नहुने भनी अध्यक्षले अभिव्यक्ति दिएको भन्ने भ्रम फैलाइयो, उनले भने।

‘हिजो प्रधानमन्त्रीकहाँ जाँदा अध्यक्षज्यूले ‘निर्वाचनको वातावरण बन्छ कि बन्दैन ?’ भनेर सोध्नुभयो। अहिलेको अवस्था प्रतिक्रान्ति र प्रतिगमन हो, लोकतान्त्रिक विधि-पद्धतिबाट संसद विघटन नगरी जसरी अघि बढ्नुपर्थ्यो, त्यो भएन भन्ने उहाँको धारणा थियो, ’उनले भने, ’निर्वाचनको वातावरण बनाउन सेना परिचालन गर्ने प्रसंग आउँदा उहाँले ‘सुरक्षा दिने सेनाले हो कि प्रहरीले ? सेना त बाहिरी घेरामा हुन्छ’भन्नुभएको थियो। यही कुरालाई लिएर जसरी भ्रम फैलाइयो, त्यसमा हाम्रो आपत्ति छ।