२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिल्ला प्रहरी काठमाडौँद्वारा ‘हाम्रो प्रहरी’ अभियान सुरु

अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी र समुदायबीचको सम्बन्धलाई सुदृढ बनाउन आइतवारदेखि ‘हाम्रो प्रहरी’ अभियान सुरु गरेको छ ।

वसन्तपुर दरबार क्षेत्रमा आयोजित एक समारोहबीच उक्त अभियानको शुभारम्भ गरिएको हो । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले विशेष समारोहबीच अभियानको उद्घाटन गरेका थिए ।

महानिरीक्षक कार्कीले नेपाल प्रहरीप्रति नागरिकको विश्वास बढाउनु नै अभियानको मुख्य उद्देश्य रहेको स्पष्ट पारे। उनले रोजगारी, अध्ययन वा अन्य प्रयोजनका लागि विदेश जाने नेपाली युवालाई अब उप्रान्त नकारात्मक छविमा नचिनियोस् भन्ने चाहना व्यक्त गरे । उनले भने, “अब कसैले पनि नेपाली नागरिकलाई सिंहदरबार, प्रहरी कार्यालय जलाउने, सवारी साधनमा आगजनी गर्ने नागरिकका रूपमा नबुझुन् भन्ने हाम्रो इच्छा हो । देशमा तोडफोड, आगजनी र अराजक गतिविधिको अन्त्य होस् भन्ने हाम्रो चाहना हो ।”

‘हाम्रो प्रहरी, राम्रो प्रहरी’ भन्ने नारासहित अघि बढाइएको अभियानले देशभित्र शान्ति सुरक्षा कायम गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा पनि नेपाली नागरिकको पहिचान सकारात्मक बनाउने महानिरीक्षक कार्कीले विश्वास व्यक्त गरे ।

काठमाडौँ महानगरपालिकाकी नगर उपप्रमुख सुनिता डंगोलले ‘हाम्रो प्रहरी’ अभियानले प्रहरी र समुदायबीचको सम्बन्धमा नयाँ अध्यायको सुरुवात गरेको बताइन् । उनले कुनै पनि विपद् वा आपत् पर्दा प्रहरी नै नागरिकको पहिलो सम्पर्क बिन्दु बन्ने गरेको उल्लेख गरिन् ।

वडा नं २३ का वडाध्यक्ष मचाराजा महर्जनको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्य, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नवीन मानन्धरलगायतको उपस्थिति थियो ।