२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ताप्लेजुङमा मतदाताको संख्या ९० हजार नाघ्यो

अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङमा कुल मतदाताको संख्या ९० हजार ३ सय २७ पुगेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले प्रकाशित गरेको अन्तिम मतदाता नामावली अनुसार ४८ हजार २ सय ८५ पुरुष र ४२ हजार ४२ महिला मतदाता रहेका छन् । पुरुषको तुलनामा महिला मतदाताको संख्या ६ हजार २ सय ४३ कम छ । 

पछिल्लो पटक जिल्लामा २ हजार ४२ नयाँ मतदाता थपिएका हुन् । विसं २०७९ को निर्वाचनमा जिल्लामा ८८ हजार २ सय ८५ मतदाता रहेका थिए । नौ स्थानीय तह रहेको  जिल्लामा सबैभन्दा बढी १८ हजार १ सय ९० मतदाता फुङलिङ नगरपालिकामा रहेका छन् । सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ६ हजार ९ सय ४८ मतदाता रहेका निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज दुलालले जानकारी दिए। 

यस्तै, सिरिजङ्गा गाउँपालिकामा ११ हजार ६ सय ६४, पाथीभरा याङवरक गाउँपालिकामा ९ हजार ७ सय ४१, आठराई त्रिवेणी गाउँपालिकामा ९ हजार ५ सय एक, फक्ताङलुङ गाउँपालिकामा ९ हजार ३ सय, सिदिङ्वा गाउँपालिकामा ८ हजार ९ सय १५, मेरिङदेन गाउँपालिकामा ८ हजार ६ सय १२ र मैवाखोला गाउँपालिकामा ७ हजार ४ सय ५६ मतदाता रहेका छन् । आगामी निर्वाचनका लागि जिल्लाभर ८० मतदान स्थल र एक सय २७ मतदान केन्द्र तय  गरिएका सूचना अधिकारी दुलालले जानकारी दिए ।