२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीव्र रूपमा अघि बढ्यो घोराही-तुलसीपुर चार लेन सडक निर्माणको काम

अ+ अ-

काठमाडौँ। घोराही-तुलसीपुर चारलेन सडक निर्माणको काम अहिले तीव्र रूपमा अघि बढेको छ । अहिले सो सडक खण्डको सौडिकुलादेखि गुर्जेखोलासम्मको सडकमा दुवैतर्फ सडक कटिङ, माटो ‘फिलिंङ’ गर्ने र रोलिङ गर्ने काम भइरहेको छ ।

अबको केही समयपछि ग्राभेल राख्ने काम सुरु गरिने निर्माण कम्पनी श्री दिवा-बन्दना भगवती जेभीले जनाएको छ । घोराहीको डिके पेट्रोलपम्पदेखि तुलसीपुरको हातीखौवासम्म चार लेन बनाइने गरी सम्झौता भए पनि पहिलो चरणमा सौडीकुलादेखि गुर्जेखोलासम्मको काम सुरु गरेको कम्पनीका कन्ट्रयाक्ट म्यानेजर सुनिल ढुंगानाले बताए । उनका अनुसार सो क्षेत्रमा सडकमा पर्ने विद्युत्का खम्बालाई व्यवस्थापन गर्नका लागि विद्युत् कार्यालयलाई अनुरोध गरिएको छ ।

गत मङ्सिर १ गतेदेखि दुई स्काभेटर लगाएर काम सुरुवात गरिएता पनि अहिले भने एक दर्जन बढी सवारीसाधन, रोलिङ मेसिन र आवश्यकताअनुसार मजदुर थपगरेर कामलाई तीव्र रूपमा अगाडि बढाइएको छ । अहिले माटो ‘फिलिङ’ गर्ने र झाडीफाल्ने माटो फिलिङ भएसँगै रोलिङ गरेर ग्राभेल राख्ने काम भइरहेको छ ।

उक्त सडक २१ किलोमिटर ५८ मिटर कालोपत्र हुनेछ भने चौडाइ चार लेनको हुनेछ । बीचबीचमा मेडिएन र दुवैतर्फ दुई/दुई लेनको हुने उनले बताए । त्यसमा बजार क्षेत्रमा फुटपाथसहितको चार लेन हुनेछ भने अन्य स्थानमा चारलेन मात्रै हुनेछ ।

सडक स्तरोन्नतिका क्रममा सडकको पूरै कालोपत्रको माथिल्लो भाग हटाइने छ । दुवैतर्फ कटिङ भएको क्षेत्रमा आवश्यक मोटाइमा फिलिङ गरेपछि मात्रै कालोपत्रेको काम सुरु हुनेछ । चार लेनकै कामको सहजताका लागि सडक खण्डकै बेलझुण्डी रंगशालाको उत्तरतर्फ रहेको नेपाल संस्कृत विश्वविद्यालयको जग्गामा अस्थायी क्रसर स्थापना गरिएको छ ।

पानीका लागि डिपबोरिङ र त्यही साइड अफिस राखिएको छ । सडक सुधार आयोजनाअन्तर्गत मदन भण्डारी सडकमार्ग परियोजनाअन्तर्गत ठेक्का सम्झौता भएको छ । निर्माणको प्राविधिक जिम्मा सडक डिभिजन कार्यालयले पाएको छ । सोही सडकको चौडाइ ३० मिटर हुनेछ । सडक अस्फाल्ड प्रविधिबाट कालोपत्र हुनेछ । त्यसमा ढुंगा, गिट्टी र बिटुमिनतार मिसाएर कालोपत्र गरिनेछ ।