२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नौबस्ता कारागारबाट भागेका १४७ मध्ये ५२ जना पक्राउ

अ+ अ-

नेपालगञ्ज । बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट भागेका १४७ कैदीमध्ये ५२ जनालाई पक्राउ गरिएको छ । जेन जेड प्रदर्शनका क्रममा फरार भएकामध्ये ४२ जनालाई प्रहरीले पक्राउ गरेको र १० जना भागेर जिल्ला कारागारबाट अन्य कारागारमा हाजिर भएकालाई फर्काइएको नौबास्ता कारागारका जेलर जालन्धर भुसालले जानकारी दिए। 

कारागारबाट फरार भएकामध्ये अझै ९३ जना कारागारमा आउन बाँकी रहेको र देशका विभिन्न अन्य कारागारबाट पाँच जनालाई फिर्ता ल्याइएको भुसालले बताए । तत्कालीन अवस्थामा भागेका कैदीहरूलाई नजिकको कार्यालयमा हाजिर हुन निर्देशन दिइएको थियो । अहिले कारागार आउने क्रम रोकिएको छ । त्यसैले उनीहरू खुला सिमानाको फाइदा उठाएर भारत गएको अनुमान भुसालले लगाए ।  

नौबस्ता बाल सुधार गृहबाट भागेका ७८ बालबन्दीमध्ये ३९ जनालाई पक्राउ गरिएको छ । नौबस्ता बाल सुधारगृहका प्रमुख श्यामबहादुर रानाले जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति प्रहरीसँग भीडन्त गरेर भागेकाहरू हालसम्म ३९ जना मात्र पक्राउ परेको जानकारी दिँदै उनीहरूको खोजी कार्य विभिन्न माध्यमबाट भइरहेको बताए। 

फरार भएका बालबन्दीलगायत सबै प्रकारका कैदीबन्दीलाई बाल सुधार गृह र कारागारमा फर्किनका लागि गत असोज २० गतेसम्मको समयसीमा दिइएको थियो । तर अझै ३९ जना बालबन्दी पक्राउ नपरेको नौबस्ता बाल सुधार गृहले जनाएको छ ।

जिल्लाको डुडुवा गाउँपालिकास्थित जयन्दु बालसुधार गृहबाट भागेका ११५ जना बालबन्दीमध्ये ५८ जना पक्राउ परेका छन् । सुधार गृहका प्रमुख किशोर शर्माले केहीलाई पक्राउ गरिएको, केही अभिभावकले ल्याएको र केहीले आफैँ आत्मसमर्पण गरेको जानकारी दिनुभयो । सो सुधार गृहमा अझै ५७ जना फरार रहेका र उनीहरूको खोजी भइरहेको छ । 

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी तथा फरार बन्दी खोजी तथा पक्राउ कार्यदलका संयोजक पूर्णबहादुर खत्रीले फरार कैदी बन्दी नेपालमा नभएकाले पक्राउ गर्न नसकिएको उल्लेख गर्दै फरार भएका अधिकांश भारतमा लुकेको हुन सक्ने बताए। “कारागारबाट भागेकालाई पक्राउ गर्न फरार भएकाका घरघरमा पत्राचार गरिएको छ । प्रहरी परिचालन भएको छ”, उनले भने ।  

नौबस्ता बालसुधार गृहबाट भाग्ने क्रममा प्रहरीले गोली प्रहार गर्दा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय विनेश घर्तीमगर, बाँकेका २० वर्षीय समीर थापा, दैलेखका २१ वर्षीय भूपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवा गरेर पाँच जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।