२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपेन्द्र यादवले भने : ‘निर्वाचन प्रणाली अत्यन्त महँगो भयो, सर्वसाधारणले लड्न नै नसक्ने अवस्था छ’

अ+ अ-

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको निर्वाचन प्रणाली अत्यन्त महँगो भएको र सर्वसाधारणले निर्वाचन नै लड्न नसक्ने अवस्था रहेको बताएका छन् ।

जसपा नेपालले संघीयता, सुशासन, सामाजिक न्याय र समाजवादको पक्षमा आयोजना गरेको जनप्रदर्शन तथा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो विचार व्यक्त गरेका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संरक्षण र सुदृढीकरणको मागसहित जसपा नेपालको मधेश प्रदेश समिति जनकपुरको आयोजनामा सभामा नेता–कार्यकर्ता तथा सर्वसाधारणको सहभागिता छ ।

सभाका प्रमुख अतिथि तथा जसपा नेपालका राष्ट्रिय अध्यक्ष यादवले मुलुक अहिले गम्भीर आर्थिक, सामाजिक र नैतिक संकटबाट गुज्रिरहेको बताएका छन् ।

उनले विगत ३५ वर्षदेखि सरकारमा रहेका काँग्रेस र कम्युनिस्ट दलहरूको गलत नीति, उदारीकरण र निजीकरणका कारण देशका करिब १३५ वटा उद्योग–कलकारखाना बन्द भएको, सरकारी विद्यालयको अवस्था कमजोर बनेको, कृषि क्षेत्र तहसनहस भएको र मुलुक ३३ अर्ब रुपियाँभन्दा बढी ऋणको बोझमा परेको आरोप लगाए।

अध्यक्ष यादवले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई राज्यले समुचित रूपमा सम्हाल्न नसकेको उल्लेख गर्दै ती क्षेत्र ध्वस्त हुनुमा सत्तारुढ दलहरूकै प्रत्यक्ष जिम्मेवारी रहेको टिप्पणी गरे। संविधान संशोधन, भ्रष्टाचार न्यूनीकरण र शिक्षा सुधारका विषय जसपा नेपालले सुरुदेखि उठाउँदै आए पनि दुई तिहाइको दम्भमा ती मागहरूलाई बेवास्ता गरिएको उनले बताए।

उनले बढ्दो निराशाका कारण ‘जेनजी’ युवाहरू विद्रोहमा उत्रिन बाध्य भएको उल्लेख गरे। सिंहदरवारलगायत ऐतिहासिक तथा सामरिक महत्वका संरचनामा क्षति पुग्नु, नेताहरूका घर जलिनु र सुरक्षाकर्मीको संरक्षणमा भाग्नुपर्ने अवस्था सिर्जना हुनु गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ । तर, अहिलेको सरकारले पनि विगतमा मधेशी जनतालाई झुक्याए झैँ जेनजी युवालाई पनि भ्रममा पार्ने प्रयास गरिरहेको आरोप उनले लगाए।

अध्यक्ष यादवले मधेश आठ जिल्ला मात्र नभई २२ जिल्लासम्म फैलिएको ऐतिहासिक भूगोल भएको स्मरण गराउँदै उहाँले तत्काल संविधान संशोधन गरी प्रदेशहरूको पुनर्संरचना गर्नुपर्नेमा जोड दिएका छन्।