२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेकपाले यसअघि मन्त्री, सांसद नभएकालाई बनायो समानुपातिक उम्मेदवार

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीले प्रतिनिधि सभाको यसअघि मन्त्री, सांसद नभएका व्यक्तिलाई समानुपातिक उम्मेदवार बनाएको छ । 

समानुपातिक उम्मेदवार बनाउँदा विज्ञ, युवा, सहिद परिवार, अल्संख्यक र युवालाई समेटेको नेता वर्षमान पुनले बताएका छन् ।

‘हाम्रो पार्टीले यसअघि मन्त्री, संघीय र प्रदेश सांसद नभएका व्यक्तिलाई समानुपातिक उम्मेदवार बनाउन प्राथमिकतामा राखेको छ,’ उनले भने, ‘विभिन्न सेक्टरका उद्यमी व्यवसायी, विज्ञ, युवा, अल्पसंख्यकलाई पनि समेटेका छौँ ।’

पार्टी एकतामा आएका १७ घटकको भावना समेट्ने गरी समानुपातिक उम्मेदवारका रूपमा अघि सारेको छ । 

समानुपातिक उम्मेदवारहरूमा अधिकारकर्मी मित्र परियार, पूर्वराजदूत प्रमेश हमाल, विज्ञ परशुराम तामाङ, जोगकुमार बर्बरिया, बीबी खनाल, पूर्वविद्यार्थी अध्यक्ष पञ्चा सिंह, चेपाङ समुदायबाट मंगलसिंह प्रजा, पूर्वलडाकु कमान्डर कमला नहर्की, नेकपाबाट आएका नेता चिरन पुन, पार्वती विक, महेन्द्रबहादुर कार्कीलगायत छन् ।

सशस्त्र युद्धका क्रममा बुवाआमा गुमाएका विनोद कटुवाल (उदयपुर), विद्या भाट (कैलाली) पनि समानुपातिक सूचीमा समेटिएका छन् । 

सोमबार एकतामा आएकी नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ रञ्जिता श्रेष्ठका उम्मेदवार भने संशोधनकै क्रममा समेटिने नेकपाले जनाएको छ ।