२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गगन र विश्वले विशेष महाधिवेशन पक्षधरको भेला बोलाउने

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन पक्षधरहरूको राष्ट्रिय भेला बोलाउने भएका छन् ।

महामन्त्रीद्वयले केही दिनमै काठमाडौँमा विशेष महाधिवेशन पक्षधरको भेला बोलाउने तयारी गरेका हुन् । निकट स्रोतका अनुसार पुसको १९, २० वा २१ गतेका लागि भेला बोलाउने तयारी भइरहेको छ ।

‘महामन्त्रीद्वयले पत्र काटेर विशेष महाधिवेशनको पक्षधरहरूलाई बोलाउनुहुन्छ । त्यसपछि विशेष महाधिवेशन तोक्छौ’ महामन्त्रीनिकट एक नेताले भने । ती नेताका अनुसार महामन्त्रीद्वयले औपचारिक पत्र नै काटेर विशेष महाधिवेशनको भेला बोलाउने सहमति बनिसकेको छ ।

‘पार्टीभित्र रूपान्तरणका लागि उठेको आवाजलाई बेवास्ता गरियो । विधानको व्यवस्थालाई लत्त्याउने प्रयास भयो । अब यथास्थितिमा काँग्रेस अगाडि बढ्दैन । विशेष महाधिवेशन पक्षधरहरू एकै ठाउँमा भेला भएर दबाब दिन्छौँ’, ती नेताको भनाई छ ।

महामन्त्री थापा पक्षधरहरूले हस्ताक्षरकर्ताहरूले नै विशेष महाधिवेशन बोलाउनेबारे कानुनविद्हरूसँग नियमित परामर्श पनि गरिरहेका छन् ।

काँग्रेस केन्द्रीय कार्यालय सानेपामै भेला बोलाउने तयारी भइरहेको हो । यसैबीच महामन्त्री थापा निकट नेताहरूले सामाजिक सञ्जालमा ‘अक्कुपाई सानेपा’ ह्यासट्याग ट्रेन्ड सुरु गरेका छन् । उनीहरूले सानेपास्थित काँग्रेस कार्यालय घेराउ गर्ने, सत्याग्रह गर्ने लगायतका दबाबमूलक कार्यक्रमको तयारी गरेका हुन् ।