२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कीर्तिपुर डाँडामा ल्यापटप बोकेर रुपैयाँ कमाउन सकिने गगनको भनाइमा अर्थमन्त्रीले जनाए सहमति

अ+ अ-

काठमाडौँ । केही समयअघि नेपाली काँग्रेस महामन्त्री गगन थापाले अभिव्यक्त गरेको भनाइमा अर्थमन्त्री रामेश्वर खनालले सहमति जनाएका छन् ।

फर्मर प्लानर फोरम नेपालले आयोजना गरेको छलफलमा अर्थमन्त्री खनालले विदेशी लगानी सहजीकरण गर्न नेपाल राष्ट्र बैंकले विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावलीमा परिवर्तन गरेको जानकारी दिएका छन् ।

सोही सन्दर्भमा खनालले गगन थापाको अभिव्यक्ति समेत स्मरण गरे । नेपालमा युवाले रिमोट वर्करका रूपमा काम गरिरहेको र त्यसलाई समर्थन गर्नुपर्ने आवश्यकता रहेको भन्दै उनले सरकार सोही अनुसार प्रयासरत रहेको बताए ।

८र९ वर्ष अगाडि ५ सय बराबरको डलर कार्ड सुविधा दिँदा रिमोट वर्करलाई धेरै सहज भएको भन्दै उनले सोही आधारमा विदेशी लगानीकर्ताले लाभांश लैजान सहज बनाउने गरी नियम ल्याइएको जानकारी दिए ।

लगानीकर्ता डराउने अवस्थाले थप लगानी नआउने भन्दै उनले वाणिज्य बैंकलाई जिम्मेवार बनाएर नियम अनुसार लैजान सक्ने लाभांश विदेश लैजान सहजीकरण गरिएको बताए ।

अहिले काठमाडौंमा खुलेको धेरै चिया पसलमा धेरै युवाले यस्तै रिमोट वर्करका रूपमा काम गरिरहेको समेत उनले बताए ।

‘कतिपयलाई लाग्छ, यो कस्तो लफंगो रहेछ, तर उसले त्यहाँ बसेर विदेशी कम्पनीमा काम गरिरहेको हुन्छ,’ उनले भने । विगतमा युवाका यस्ता माग कसैले नबुझ्दा समस्या आएको अर्थमन्त्री खनालको भनाइ थियो ।