२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समानुपातिक फिर्ता लिएर चुनाव लड्न बादललाई गोकुल बास्कोटको सुझाव

अ+ अ-

काठमाडौँ। नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर थापा बादललाई समानुपातिक सूची त्यागेर प्रत्यक्ष चुनाव लड्न सुझाव दिएका छन् ।

बादलले २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा एमाले र काँग्रेस मिलेर लड्नुपर्ने धारणा व्यक्त गरेको भोलिपल्ट बास्कोटाले उनलाई समानुपातिक छाडेर प्रत्यक्ष लड्न सुझाव दिएका हुन् ।

मदन-आश्रित प्रतिष्ठानले मंगलबार राजधानीमा आयोजना गरेको एउटा कार्यक्रममा बादलले काँग्रेस र एमालेको सहकार्यले नै देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई टिकाउन सक्ने भन्दै चुनावी गठबन्धन गर्दा आधा-आधा सिट भागबण्डा गरेर जान सकिने बताएका थिए ।

त्यसको एमालेकै कतिपय नेताले विरोध जनाएका छन् । सोही अभिव्यक्तितर्फ संकेत गर्दै बास्कोटाले ‘आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै समानुपातिक कोटामा पटक–पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठिक’ भएको बताएका छन् ।

एमालेले निर्वाचन आयोगमा बुझाएको समानुपातिक तर्फको बन्द सूचीमा उपाध्यक्ष रामबहादुर थापा बादलसहितका नेताहरूको नाम छ । आदिवासी जनजाति तर्फको कलस्टर अन्तर्गत बादलको नाम पहिलो नम्बरमा छ ।

बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अझ तिनै रुख र सूर्य मिलेर चुनावमा जानु पर्छ भन्छन् । रुख-सूर्य मिलेपछि चुनाव लडे भो त । अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले समावेशीताकै बेइज्जत नगर के-त्यो पनि पुरुषले ।’