२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पुरानै घरमा रमाइलो अनुभूति गरिरहेको छु’ : कमल थापा

अ+ अ-

काठमाडौँ । राप्रपासँग एकता गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफू घर फर्किएको बताएका छन् ।

बुधबार काठमाडौँमा एक सभामार्फत दुई पार्टीको एकता घोषणा गरियो । उक्त सभालाई सम्बोधन गर्दै थापाले आफूले रमाइलो अनुभूति गरिरहेको बताएका हुन् ।

‘घर फर्किँदा म रमाइलो अनुभूति गरिरहेको छु । तर, यो भिडमा केही व्यक्तिको अनुपस्थिति मलाई खड्किरहेको छ । मेरो अभिन्न मित्र दीपक बोहोरा, बालराम घर्ती मगरलाई हामीले बिदा गर्‍यौँ । जनकपुरका कृष्णप्रताप मल्ले पनि हामीलाई छोडेर जानुभयो । उहाँहरू यहाँ भएको भए कति खुसी हुनुहुन्थ्यो होला,’ उनले भने, ‘यसैगरी घर फर्किँदा मसँग केही साथीहरू छुटेका छन् । यहीँ भएर छुटेका छन् कहिल्यै नआउने गरी संसारबाट बिदा भएका छन् । उहाँहरूको योगदान अमूल्य छ ।’

उनले एकतामा कुनै स्वार्थ नभएको पनि बताएका छन् । ‘यो एकता कुनै स्वार्थ, सर्त छैन । पार्टीका अध्यक्ष र वार्ताकारहरू जानकार हुनुहुन्छ । हाम्रो एउटै चाहना छ यो एकता गर्न हामी हतारिनुको पछाडि। बिनाशर्त पार्टी एकता गर्न हामी त्यसै तयार भएका होइनौँ,’ उनले भने, ‘हाम्रो एजेन्डा संकटमा छ । पहिलो हिन्द राष्ट्र र राजतन्त्रको विचार संकटमा छ । देश संकटमा छ । हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डाको रक्षा । दोस्रो भ्रष्ट शासक र संयन्त्रबाट देशलाई मुक्त गर्ने ।’