२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमित स्रोतमा काठमाडौँ निर्वाचन व्यवस्थापन चुस्त : जनशक्ति र समानुपातिक तर्फ अस्थायी मतदाताको तयारी तीव्र

अ+ अ-

काठमाडौँ । जिल्ला निर्वाचन कार्यालय, काठमाडौँले प्रतिनिधिसभा सदस्य निर्वाचन-२०८२ अन्तर्गत मतदाता नामावली व्यवस्थापनदेखि मतदान केन्द्र तयारीसम्मका प्रमुख कार्यहरू समयमै सम्पन्न गरेको छ ।

संघीय राजधानी भएकोले पनि ७७ वटै जिल्लाबाट मतदाताहरू काठमाडौँमा रहने भएकोले ती सबै जिल्लाका सेवाग्राहीलाई सेवा दिँदै आएको छ । जिल्ला निर्वाचन अधिकारी ठाकुर प्रसाद भट्टराईका अनुसार काठमाडौँस्थित कार्यालयले ७७ जिल्ला तहको कार्यालय भए पनि ७७ वटै जिल्लाका सेवाग्राहीलाई सेवा दिइरहेको छ । “निर्वाचनसम्बन्धी राष्ट्रिय कामको ठूलो हिस्सा यही कार्यालयबाट सम्पन्न हुन्छ” भट्टराईले प्रशासन विशेष ब्युरोसँग बताए । 

मतदाता नामावलीदेखि मतदान केन्द्रसम्म तयारी
कार्यालयका अनुसार प्रतिनिधिसभाका लागि १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा ३२० मतदान स्थल र ८१७ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन घोषणा पश्चात् सञ्चालन गरिएको मतदाता नामावली अद्यावधिक अभियानमा राष्ट्रिय परिचयपत्रका आधारमा अनलाइनमार्फत प्राप्त निवेदन प्रमाणीकरण गरी ३०,३६२ मतदाताको विवरण अद्यावधिक गरिएको छ ।

यसैगरी छुट दर्ता, स्थानान्तरण तथा संशोधनमार्फत ९,६५२ मतदाताको विवरण समायोजन गरिएको छ । नागरिकता त्याग, नागरिकता रद्द तथा मृत्यु भइसकेका मतदाताका आधारमा २११ नाम हटाइएका छन् भने १४९ दोहोरो दर्ता हटाइएको कार्यालयले जनाएको छ । साथै आम निर्वाचन घोषणा भई सकेपछि ३०,०३९ जनाले कार्यालयमै आएर बायोमेट्रिक लिएका छन् ।

यसै सन्दर्भमा आम निर्वाचन-२०८२ का लागि काठमाडौँ जिल्लामा यसअघिको निर्वाचनको तुलनामा ५० वटा मतदान केन्द्र थप गरी कुल ८१७ मतदान केन्द्र कायम गरिएको छ । २०७९ को निर्वाचनमा काठमाडौँ जिल्लामा ७६७ मतदान केन्द्र रहेका थिए ।

फागुन २१ गते हुने यस पटकको निर्वाचनमा काठमाडौँ जिल्लामा पुरुष मतदाता ३४४,१९४, महिला मतदाता ३६६,५०७ तथा अन्य मतदाता ७ गरी कुल ७१०,७०८ मतदाता कायम रहेका छन् । आम निर्वाचन घोषणा हुनु पूर्व ६, ५५, ९९८ मतदाता रहेका थिए । 

मतदान केन्द्रहरूको पहुँच, भौतिक अवस्था र सुरक्षाको नियमित मूल्याङ्कन भइरहेको अधिकारीहरूले जनाएका छन् । निर्वाचन सामग्रीतर्फ जिल्लाबाट खरिद गरिने ३७ प्रकार, निर्वाचन आयोगबाट प्राप्त हुने १५ प्रकार तथा निर्वाचनमा प्रयोग हुने ९९ प्रकारका अनुसूची फारामको व्यवस्थापन पूरा भइसकेको छ ।

तत्काल कार्यअन्तर्गत ८१७ मतदान केन्द्रमा खटाइने जनशक्तिको विवरण संकलन गरी तयारी अवस्थामा राखिने जिल्ला निर्वाचन अधिकारी भट्टराईले बताए । 

अस्थायी मतदाता र समानुपातिक मतदान : ४५ हजारको विवरण संकलन
समानुपातिक तर्फ मतदान गर्ने अस्थायी मतदातामा नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा तथा कैदी, निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मी, सरकारी स्वीकृतिमा विदेशमा रहेका व्यक्ति र संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरू समावेश छन् । यसतर्फ करिब ४५ हजार मतदाताको विवरण संकलन गरिँदै छ । 

सीमित साधनमा अधिकतम सेवा : व्यवहारमै समाधानको चाबी
यस वर्षको मतदाता नामावली संकलन अभियानमा सीमित स्रोत–साधनका बाबजुद कार्यालयले उल्लेखनीय सेवा दिएको जिल्ला निर्वाचन अधिकारी भट्टराई बताउँछन् ।

“अन्तिम समयमा अत्यधिक चाप पर्छ भन्ने यथार्थबीच पनि हामीले एकै दिन २,१२९ जनासम्मको फोटो खिचेर कसैलाई फर्काउनु परेन,” उनले भने ।

उनका अनुसार ८ वटा ल्यापटप र १६ जनाको जनशक्ति प्रयोग गरी बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म निरन्तर सेवा दिइयो । धेरैजसो दिन कर्मचारीहरू बिहान ७ बजेदेखि राति ९ बजेसम्म कार्यालयमै बसे ।

भिड, असन्तुष्टि र नयाँ पुस्ताको चर्को प्रतिक्रिया व्यवस्थापन गर्नु चुनौतीपूर्ण भए पनि संवाद र संयमताले समाधान सम्भव भएको भट्टराईको अनुभव छ ।

“हामीले नगरे कसले गर्ने, अब नगरे कहिले गर्ने भन्ने सोचले काम गर्‍र्यौं । सेवाग्राहीसँगको व्यवहार सुधारे आधाभन्दा बढी समस्या आफैँ समाधान हुन्छ,” उनी भन्छन् ।

उनका अनुसार कतिपय सेवाग्राही असन्तुष्ट देखिए पनि ‘आएको व्यक्ति फर्किँदैन, हामी तपाईँहरूकै काम गरिरहेका छौँ’ भनेपछि उनीहरू बुझेर खुसी भएर फर्किए । 

जिल्ला निर्वाचन कार्यालय, काठमाडौँले निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सुनिश्चित गर्न बाँकी तयारी कार्यहरू पनि योजनाबद्ध रूपमा अघि बढाइरहेको जनाएको छ ।