२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

करार सेवाका कर्मचारीलाई अधिकृतमा नियुक्ति दिएको भन्दै आपत्ति 

अ+ अ-

काठमाडौँ । वीरगन्ज महानगरपालिकाको सूचना प्रविधि शाखामा कार्यरत करार सेवाका एक कर्मचारीलाई अधिकृत तहमा नियुक्ति दिइएको भन्दै कर्मचारीहरूले आपत्ति जनाएका छन् । 

महानगरपालिकाले करिब ६ वर्षअघि करार सेवामा कम्प्युटर अधिकृत पदमा नियुक्त भएका सुजितकुमार श्रीवास्तवलाई पुस १ गतेदेखि लागू हुने गरी एकै पटक सातौँ तह अर्थात् अधिकृतस्तरमा नियुक्ति दिएको हो।

पालिकामा रिक्त रहेको पदमा खुला प्रतिस्पर्धाबाट विज्ञापन गरी नियुक्ति गर्न सकिने व्यवस्था हुँदाहुँदै पनि प्रक्रिया नपुर्‍याई नियुक्ति गरिएको भन्दै महानगरपालिकाभित्रैबाट चर्को आलोचना सुरु भएको छ।

तर महानगरपालिकाका सूचना अधिकारी सुनिल कुमार कर्णले भने करार सेवामै सातौँ तहको दरबन्दी खाली रहेको र सोही पदपूर्तिका लागि सूचना आव्हान गरी योग्यताको आधारमा एक वर्षका लागि नियुक्ति गरिएको बताए। उनका अनुसार आवेदन खुला गर्दा तीन जनाको नाम परेको थियो र तीमध्ये योग्यताको मूल्यांकनका आधारमा श्रीवास्तवलाई छनोट गरिएको हो।

तर महानगरपालिकाकै केही कर्मचारीले भने यस नियुक्तिप्रति असन्तुष्टि जनाउँदै आएका छन्। नियुक्ति योग्यताको आधारमा नभई जनप्रतिनिधि तथा केही माथिल्लो तहका कर्मचारीसँग नजिकको सम्बन्धका कारण दिइएको एक कर्मचारीले प्रशासनलाई जानकारी गराएका छन्।

यस घटनाले महानगरपालिकाभित्र नियुक्ति प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठाएको छ भने स्थानीय तहमा हुने करार नियुक्ति र पदोन्नतिबारे पुनः बहस सुरु भएको छ।