काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कार्यान्वयन गर्न सबै स्थानीय तहहरूलाई अनुरोध गरेको छ ।
हालै मन्त्रालयले तयार गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयबाट स्वीकृत गराई पठाइएको स्थानीय तहको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी नमुना ऐन आवश्यक परिमार्जनसहित यसै महिना बस्ने पालिका सभाबाट स्वीकृत गरी कार्यान्वयन गर्न सबै स्थानीय तहलाई अनुरोध गरेको छ ।
मन्त्रालयले बिहीबार एक सूचना जारी गरी सभाबाट स्वीकृत गराई मन्त्रालयमा जानकारी पठाउन सबै पालिकाहरूलाई भनेको छ ।








