२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वका १९ कार्यक्रम घोषणा

अ+ अ-

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १९औँ वार्षिकोत्सवको अवसर पारेर संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत १९ वटा प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

नेपालको अग्रणी वाणिज्य बैंकका रूपमा स्थापित बैंकले विगत वर्षजस्तै यसपटक पनि सामाजिक क्षेत्रमा ठूलो योगदान दिने उद्देश्य राखेको छ। गत वर्ष बैंकले १८औँ वार्षिकोत्सवमा मानविय सहयोग, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र वित्तीय साक्षरता लगायतका कार्यक्रम आयोजना गर्दै मुलुकभर १८ हजार विरुवा रोपेको थियो।

यस वर्ष बैंकले शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा आयआर्जन अभिवृद्धि कार्यक्रमलाई प्राथमिकतामा राख्दै दुर्गम क्षेत्र, गरिब, विपन्न र न्यून आय भएका समुदायलाई लक्षित गर्दै देशव्यापी रूपमा कार्यक्रम सञ्चालन गर्नेछ।

महिला स्वास्थ्य र आँखा जाँचमा विशेष पहल

‘ग्लोबल आइएमई स्वस्थ नारी’ पहल अन्तर्गत सातवटै प्रदेशमा १४ वटा निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। शिविरमा स्त्रीरोग विशेषज्ञहरूले स्वास्थ्य जाँच, पाठेघरको क्यान्सर परीक्षण (भीआईए), गर्भाशय प्रोल्याप्स उपचार र औषधि वितरण गर्नेछन्। प्रारम्भिक अवस्थामा पत्ता लागेका र गम्भीर बिरामी महिलाहरूको शल्यक्रिया उपचार दोस्रो चरणमा पनि गरिनेछ। विगत पाँच वर्षदेखि सञ्चालन भइरहेको यस कार्यक्रमबाट १० हजारभन्दा बढी महिलाहरू लाभान्वित भइसकेका छन्।

त्यसैगरी, सात प्रदेशका सात स्थानमा वृहत् आँखा जाँच र मोतियाबिन्दु शल्यक्रिया शिविर आयोजना गरिनेछ। गरिब, विपन्न तथा न्यून आय भएका व्यक्तिहरूलाई निशुल्क उपचार र आवश्यक चश्मा वितरण गरिनेछ।

स्वास्थ्य, शिक्षा र दीर्घ रोगमा सहयोग
बैंकले सात वटै प्रदेशमा स्वास्थ्य शिविर सञ्चालन गरी गरिब तथा न्यून आय भएका समुदायलाई स्वास्थ्य सेवा पुर्याउनेछ। जटिल र दीर्घ रोग भएका बिरामीहरूको उपचारमा स्थानीय निकाय र स्वास्थ्य संस्थाको सिफारिस अनुसार आर्थिक सहयोग उपलब्ध गराइनेछ।

शिक्षा क्षेत्रमा कक्षा ६ देखि १२ सम्म गरिब र जेहेन्दार छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको बैंकले यस वर्ष थप ७७ जनालाई लाभान्वित गर्दै कार्यक्रम विस्तार गर्नेछ। दुर्गम विद्यालयहरूमा पुस्तकालय निर्माण, १,००० जना विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री वितरण, प्राथमिक उपचार तालिम र सामग्री हस्तान्तरण जस्ता कार्यक्रमहरू पनि समावेश छन्। उच्च शिक्षा अध्ययनरत गरिब र जेहेन्दार विद्यार्थीलाई एमफिल तथा पीएचडी अनुसन्धानमा वित्तीय सहयोग दिइनेछ।

वातावरण र समुदायमा योगदान
ग्लोबल ग्रिन स्कूल कार्यक्रमअन्तर्गत प्लास्टिक विस्थापन, वृक्षारोपण, सरसफाई र फोहोर संकलन केन्द्र स्थापना गरिनेछ। स्थानीय तहसँग समन्वय गरी फोहोर व्यवस्थापन तालिम पनि सञ्चालन गरिनेछ।

त्यसैगरी, रक्तदान कार्यक्रम मुख्य शहरहरूमा आयोजना गरिनेछ भने आश्रम र बालगृहका बालबालिकालाई खाद्यान्न तथा अन्य सहयोग प्रदान गरिनेछ। सूचना प्रविधि र आधुनिक प्रविधि प्रयोग गर्दै अटिजम सम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ। दुर्गम क्षेत्रका विद्यार्थी र समुदायमा खेलकुद सामग्री वितरण गरी स्वस्थ र अनुशासित युवा निर्माणमा योगदान पुर्याइनेछ।

आर्थिक क्षमता र वित्तीय साक्षरता
बैंकले आय आर्जन क्षमता अभिवृद्धि गर्न उद्यमशाला कार्यक्रम सञ्चालन गर्नेछ। यसअन्तर्गत गरिब र न्यून आय भएका व्यक्तिहरूलाई व्यवसायिक तथा सीपमूलक तालिम प्रदान गरिनेछ। ३५२ शाखामार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी बैंकिङ प्रणालीमा जनसङ्ख्या समावेश गर्ने तथा ठगी र चोरी न्यूनीकरणमा सचेतना फैलाउने उद्देश्य राखिएको छ।

ग्लोबल आइएमई बैंकले यसरी वार्षिकोत्सवलाई सामाजिक उत्तरदायित्वसँग जोडेर नेपालमा नयाँ उदाहरण प्रस्तुत गरेको छ। स्वास्थ्य, शिक्षा र वातावरणीय जागरणमा यसका कार्यक्रमले दीर्घकालीन प्रभाव पार्ने विश्वास बैंकले लिएको छ।

बैंकले विगतमा बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरिसकेको छ।

ग्लोबल आइएमई बैंक देशभरका ७७ जिल्लामा शाखा सञ्जाल सहित ३५२ शाखा, ३८४ एटीएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व काउन्टर र ३ वैदेशिक प्रतिनिधि कार्यालयमार्फत १,००० भन्दा बढी सेवा केन्द्रमा ग्राहक सेवा प्रदान गर्दै आएको छ।

बैंकले रेमिट्यान्स सेवामार्फत अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशबाट नेपाली नागरिकलाई आर्थिक सेवा उपलब्ध गराउँदै नेपालको समृद्धिमा योगदान पुर्याउँदै आएको छ।